काठमाडौं । मोरिस ग्यारेज ‘एमजी’को नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले थप एक स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
कम्पनीले शुक्रबार (आज) ललितपुरको यातायात कार्यालय पछाडि (कुसुन्ती)मा रहेको आफ्नो नयाँ सर्भिस सेन्टरमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ,
कम्पनीका अनुसार यहाँ ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान भएको छ । यहाँ एमजी ब्रान्डका सवारीधनीले ३० मिनेटको अवधिमा ८० प्रतिशतसम्म आफ्नो कार चार्ज गर्न सक्नेछन् ।
फास्ट चार्जर जडानलाई तिब्रता दिएको पारामाउन्ट मोटर्सले यसअघि मुल्कोट, बुटवल, चितवन र ढल्केबर गरी ६ स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीले इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगञ्ज, दाङ, धनगढी र गाईघाटमा समेत जडान गर्ने तयारी रहेको जनाएको छ ।

