४०० किमी प्रतिघण्टा स्पीड भएकाे मोटरसाइकलकाे बुकिङ खुला

काठमाडाैं ।  मोटरसाइकलहरू सडकमा गुडिरहेको देख्नु सामान्य हो । अब हामीले छिटै मोटरसाइकल आकाशमा उडेको पनि देख्ने भएका छौं । अमेरिकाको एभिएशन कम्पनी जेटप्याकले विश्वकै पहिलो उड्ने मोटरसाइकल निर्माण गरेको छ ।

यो मोटरसाइकलमा ८ ओटा जेट इन्जिनको प्रयोग गरिएको छ । राइडरको सुरक्षा मध्यनजर गर्दै एसको चार साइडमा दुई/दुई ओटा इन्जिन जडान गरिएको छ । यो इन्जिनले २५० केजी सम्मको ओजन सजिलै लग्न सक्नेछ ।

हावामा उड्ने यो मोटरसाइकल ४०० किमि प्रतिघण्टाको रफतारमा १६ हजार फिट माथिसम्म उड्ने कम्पनीले बताएको छ । यो मोटरसाइकललाई हावामा उडाउनको लागि जेटमा प्रयोग गरिने फ्लाई बाइ वायर टेक्नलोजीको प्रयोग गरिएको छ ।

यसको सबै कन्ट्रोल सिस्टम ह्यान्डलमा नै राखिएकाले यो मोटरसाइकललाई कन्ट्रोल गर्न सहजिलै सकिनेछ ।

यसमा नेभिगेसनको लागि भने १२ इन्चको डिस्प्ले राखिएको छ । सुरक्षालाई ध्यानमा राख्दै एसको कन्ट्रोलिङ युनिटमा सेन्सरको प्रयोग गरिएको छ । जसले उडिरहेको क्रममा आफनो बाटो पत्ता लगाउनका साथै अगाडि केही आयो भने ठोक्किनबाट पनि बचाउन सक्षम रहने बताइएको छ । कम्पनीले एसको मूल्य ३ लाख ८१ हजार डलर राखेर बुकिङ समेत खुल्ला गरेको छ ।


Back_to_top