काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले अटो एक्स्पो २०२३ मा नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट प्रदर्शन गरेको छ ।
मारुतीले ईभीएक्स नाम दिएको यो ईभी एसयूभी कन्सेप्टलाई ‘इमोसनल भर्सटाइल क्रुजर’ कन्सेप्ट ईभीएक्स नाम दिँदै एक्स्पोमा देखाएको हो ।
ईभीएक्स जापानको सुजुकी मोटर कर्पोरेसनद्वारा डिजाइन र विकास गरिएको मध्यम आकारको इलेक्ट्रीक एसयूभी कन्सेप्ट कार रहेको छ। यस ईभीको लम्बाइ ४ हजार ३०० एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६०० एमएम रहेको छ । यसको साइज लगभग हुन्डाई क्रेटासँग मिल्दोजुल्दो रहेको पाइन्छ ।ईभीएक्स एमजीको प्रचलीत जेडएस ईभीभन्दा लामो भएकाले यो एसयूभीको ह्वीलबेसको लम्बाइ २ हजार ७०० एमएम हुनेछ ।

कम्पनीले यस इलेक्ट्रीक एसयूभीमा ६० किलोवाट आवरको ब्याट्री प्याक रहको छ । यसले ५५० किलोमिटरसम्म ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको पावर आउटपुट १७० एचपीसम्म हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, यसमा बीवाइडीकाे एलएफपी ब्लेड ब्याट्री प्रयाेग हुने जनाइएकाे छ । मारुती सुजुकीले टोयोटा, टाटा, हुन्डाई र महिन्द्राजस्ता प्रतिद्वन्द्वीसँग कडा टक्कर दिनको लागि प्रतिस्पर्धात्मक रूपमा मूल्य निर्धारण गर्ने अनुमान गरिएको छ ।

