एसएमएल इसुजुका ४ नयाँ उत्पादन, कन्टेनरदेखि बससम्म

काठमाडौं । कमर्सियल सवारीसाधन निर्माता एसएमएल इसुजुले आफ्नो चार नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले जनवरी १३ तारिखदेखि भारतमा आयोजित अटो एक्स्पो २०२३ मा कार्गो सेगमेन्टमा एउटा सहित ३ वटा प्यासेन्जर सेगमेन्टका गाडी प्रदर्शन गरेको हो ।

कम्पनीले एक्स्पोमा सम्राट जीएस ट्रक देखाएको थियो । एसएमएल इसुजुकीले ल्याएको २४ फिट लामो एमएस कन्टेनर बहुउपयोगी मोडल हो । उक्त कन्टेनर खाध्यान्न, पार्सल डेलिभरी, ई–कमर्स लगायत सबै प्रकारका सामाग्री ओसार पसार गर्नका लागि बढि उपयुक्त हुन्छ ।

एसएमएल इसुजुका अनुसार यो कन्टेनर ग्लोबल सिरिज प्लेटफर्ममा आधारित रहेर निर्माण गरिएको हो । यसबाहेक, कन्टेनर ट्रकमा कम्पनीको एडभान्स टेलिमेटिक्स सोलुसन–एसएमएल सारथी जडान गरिएको छ ।

एक्स्पोमा कम्पनीले कन्टेनर ट्रकसँगै फ्रन्ट डोर हिरोई स्कुल बस, एक्जिक्युटीभ एलएक्स सीएनजी स्कुल बस र एक्जिक्युटीभ एलएक्स स्टाफ बस पनि प्रदर्शन गरेको थियो । एक्जिक्युटीभ स्टाफ बसमा आरामदायी र सहज यात्राका लागि पुसब्याक सिट पनि राखिएको छ ।

त्यस्तै, यसमा एम्बियन्ट लाइटिङ र यूएसबी पोर्ट जस्ता फिचर उपलब्ध एक्जिक्युटीभ एलएक्स स्टाफ बसमा मल्टिमिडिया अन–बोर्ड इन्टरटेनमेन्ट युनिट सिस्टम जस्ता फिचर उपलब्ध छन् ।

त्यसैगरी, कम्पनीको अर्को उत्पादन फ्रन्ट डोर हिरोई स्कुल बसमा भारत सरकारले तोकेको सबै स्कूल बस र सरकारी मापदण्ड अनुसारका सुरक्षा र सुविधा उपलब्ध छन् । यस बसमा अगाडिको ढोका फराकिलो छ । यो एलएक्स स्कूल बस सीएनजीबाट संचालन हुन्छ । सिएनजीबाट चल्ने साधनले पेट्रोल र डिजेलको तुलनामा कम प्रदुषण गर्छ ।


Back_to_top