टाटाले ल्यायो पावरफुल ह्याचव्याक ‘अल्ट्रोज रेसर’

काठमाडौं । टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचव्याक अल्ट्रोजको रेसर एडिसन सार्वजनिक गरेको छ । नामले नै रेसर भनेपछि यसको पावर बढ्ने नै भयो । कम्पनीले यसमा १२० पीएस पावर र १७० एनएम टर्क प्रदान गर्ने इन्जिन दिएर ल्याएको हो ।

टाटा मोटर्सले यसमा १.२ लिटर क्षमताको टर्बो इन्जिन दिएको छ । यही इन्जिनमा टाटा नेक्सन पनि विक्री हुँदै आएको छ । कम्पनीले नयाँ पावर फुल रेसर एडिनसको मूल्य भने अझै सार्वजनिक गरेको छैन ।

टाटाले अल्ट्रोज रेसर एडिसनलाई सुरक्षीत बनाउन ६ वटा एयरव्याग, इबीडी सहितको एबीएस, पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, पार्किङ क्यामेरा जस्ता फिचर प्रदान गरेको छ । कम्पनीले यसमा ६ स्पीड म्यानुयल र अटोमेटीक गियरबक्स दिएको छ ।

अल्ट्रोजलाई रेसर एडिसनको फिल दिन कम्पनीले १६ इन्चको डायमण्ड कट अलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रीक सनरुफ, भ्यान्टिलेटेड सिट, वायरलेस चार्जर, रियर एसीभेन्ट, ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ ।

टाटा अल्ट्रोजको रेगुलर मोडल अहिले पनि नेपाली बजारमा विक्री हुँदै आएको छ । सिप्रदी ट्रेडिङले विक्री गर्ने रेगुलर अल्ट्रोजको तुलनामा रेसर एडिसन महंगो हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top