काठमाडौं । होन्डाले फ्लेक्स फ्यूल प्रविधिमा आधारित एक्सआरई ३०० मोडल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोटरसाइकलमा २० प्रतिशत पेट्रोल र ८० प्रतिशत इथानल मिश्रण गरेर चलाउन सकिन्छ ।
पेट्रोलियम पदार्थको प्रयोग घटाउने भारत सरकारको योजना अनुसार होन्डाले अटो एक्स्पो २०२३ मा एक्सआरई ३०० एड्भेन्चर मोटरसाइकल प्रदर्शन गरेको हो ।
गत अक्टोवरमा भारतीय सडकमा परिक्षणको क्रममा एक्सआरई ३०० देखिएको थियो । होन्डा इन्डियाले यसअघि नै एक्सआरई ३०० को ट्रेडमार्क दर्ता गरिसकेको थियो ।
भारतमा ३०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकलको बढ्दो माग र फ्लेक्स फ्यूल टेक्नोलोजीलाई बढवा दिइरहेको समयमा होन्डाले नयाँ मोटरसाइकल ल्याएको हो ।
होन्डाले यसमा २९१.६ सीसी क्षमताको सिंगल सिलिण्डर, डिओएचसी, एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले २६ एनएम टर्क र २७ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । कम्पनीले ब्राजिलमा पनि यसको विक्री गर्र्दै आएको छ । ब्राजिल इथानलको सबैभन्दा धेरै प्रयोग गर्ने देश हो ।
होन्डाकै अफ्रिकन टुइनबाट प्रेरित एक्सआरई ३०० ट्रेल राइडिङ क्षमता भएको मोटरसाइकल हो । यसमा लङ ट्राभल फ्रन्ट टेलिस्कोपीक सस्पेन्सन र पछाडि मोनोशक दिइएको छ ।
एक्सआरई ३०० मोटरसाइकलमा अफरोड क्षमता बढाउन अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिएको छ । त्यस्तै, हाइमाउन्ट अन्डरसिट एग्जस्ट, अफरोडर फ्रन्ट फेन्डर, एग्रेशिभ एलइडी हेडल्याम्प र हेडल्याम कौल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, दुबै चक्कामा डिस्क ब्रेक, एबीएस जस्ता फिचर उपलब्ध रहका छन् ।

