अटो एक्स्पो २०२३ सम्पन्न, १५० बढी ब्यवसायीको सहभागिता

काठमाडौं । अटो एक्स्पो २०२३ सम्पन्न भएको छ । जनवरी ११ तारिखदेखि सुरु भएको अटो एक्स्पो आज १८ तारिखमा समापन भएको हो ।

भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा आयोजना भएको अटो एक्स्पोमा नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रदर्शनीको अवलोकन भ्रमण गरेको थियो । नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी ब्यक्तिले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

अटो एक्स्पोको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनले जनवरी १४ तारिखमा आयोजना गरेको अटो ट्रेड डाइलगमा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए ।

त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालको अटोमोवाइल बजार र ब्यापार नीतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोवाइल व्यवसायको बारे जानकारी दिएका थिए ।

उक्त सेमिनारका मोडरेटर सियामका स्ट्रायाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भिइ कमर्सियल भेहिकलका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए ।

नेपालबाट नाडाका पदाधिकारीहरु महासचिव सुरेन्द्रकुमार उपे्रती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यहरु प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

सिरिज कार्यक्रम संचालन गरेको सायमले १३ जनवरीमा पहिलो पटक आयोजना गरेको ईभीसँग सम्बन्धीत छलफल कार्यक्रममा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्यद्धय आकाश गोल्छा र यमुना श्रेष्ठ सहभागि भएका थिए ।

यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन आक्माले जनवरी १२ तारिखदेखि गरेको १६ औं अटो एक्स्पो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायतका टिमले अवलोकन गरेका थिए ।


Back_to_top