२ हजार ५०० मै मोटरसाइकल किन्ने मौका ! (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले आफ्नो स्वामित्वमा रहेका २६ वटा मोडरसाइकल र गाडी लिलामीमार्फत विक्री गर्ने भएको छ ।

निगमले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न कार्यालयमा रहेका पुराना गाडी र मोटरसाइकल लिलामी गर्ने जानकारी गराएको हो ।

निगमले विभिन्न मोडलका ८ वटा गाडी र १८ वटा मोटरसाइकल लिलामी मार्फत विक्री गर्ने भएको हो । इच्छुक खरिदकर्ताले २१ दिन ९माघ २६ गते० भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी निगमको केन्द्रीय कार्यालय, टेकुमा गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम समेत राष्ट्रिय वाणिज्य बैंकको चल्ती खाता नम्बर १०९०१०००६६२९४००१ मा जम्मा गर्नुपर्नेछ ।

निगमले लिलामीमा ल्याएका सवारीसाधनको मूल्य ब्राण्ड र क्षमताका आधारमा फरक(फरक तोकेको छ । निगमले मोटरसाइकलको न्यूनतम मूल्य २ हजार ५०० रुपैयाँँदेखि तोकेको छ भने गाडीको न्यूनतम मूल्य १ लाखदेखि तोकेको छ ।


Back_to_top