काठमाडौं । होन्डा इन्डियाले आफ्नो सर्वाधिक सफल स्कुटरको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले होन्डा एक्टीभा एच स्मार्ट सार्वजनिक गरेको हो ।
होन्डा इन्डियाले न्यू जेनेरेशन एक्टीभाको नाम एक्टीभा एच स्मार्ट राखेको हो । एक्टीभा एच स्मार्ट तीन भेरियन्टमा सार्वजनिक गरेको छ भने हरेक भेरियन्टको मूल्य फरक रहेको छ ।
कम्पनीले स्ट्याण्डर्ड, डिलक्स र स्मार्ट गरी तीन भेरियन्ट सार्वजनिक गरेको हो । होन्डा एक्टीभा एच स्मार्ट स्याण्डर्डको मूल्य ७४ हजार ५३६, डिलक्सको ७७ हजार ३६ र स्मार्टको मूल्य ८० हजार ५३७ एक्स सोरुम मूल्य निर्धारण गरेको छ ।
नयाँ होन्डा एक्टीभामा कम्पनीले विभिन्न स्मार्ट फिचर दिएको छ । जसमा स्मार्ट फाइन्ड फिचर रहेको छ । कम्पनीले दिएको रिमोट किमा रहेको बटन दबाएर आफ्नो स्कुटर कहाँ छ पत्ता लगाउन सकिन्छ । स्मार्ट अनलक फिचरको प्रयोग गरेर ह्यान्डलबार अनलक, फ्यूल क्याप ओपन, अन्डरसिट स्टोरेज ओपन गर्न सकिन्छ ।
कम्पनीले जनवरी अन्तिमदेखि होन्डा एच स्मार्टको विक्री डेलिभरी सुरू गर्ने जनाएको छ ।


