हुन्डाई अउरा फेसलिफ्ट भारतमा विक्री सुरु

काठमाडौं । हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सर्वाधिक बिक्री हुने सेडान मध्येको एक हुन्डाई अउरा फेसलिफ्ट सार्वजनिक गरेको छ । हुन्डाईले भारतमा यसको एक्स शोरुम मूल्य ६ लाख २९ हजारदेखि ८ लाख ८७ हजार भारतीय रुपैयाँसम्म निर्धारण गरेर सार्वजनिक गरेको हो ।

नयाँ हुन्डाई अउरामा केहि फिचर्स थप भएको छ भने, एक्सटेरियर र इन्टेरियरमा पनि व्यापक सुधार गरिएको छ । अपडेटेड भर्सनमा आएको कम्प्याक्ट सेडानमा ३० भन्दा बढी सेफ्टी फिचर्स समावेश गरिएका छन् ।

यसमा ६ वटा एयरब्याग, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल, विद्युतीय रूपमा समायोजन गर्न मिल्ने र फोल्ड गर्न मिल्ने ओआरभीएम, टायर प्रेसर मोनिटरिङ सिस्टम, वायरलेस फोन चार्जर र टाइप सी फास्ट युएसबी चार्जर पाउन सकिन्छ ।

अउरा फेसलिफ्टमा फुटवेल लाइटिङ र समायोजन गर्न मिल्ने रियर सिट हेडरेस्ट पनि रहेको छ । यसमा इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल , भेहिकल स्टेबिलिटि म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायतका सुरक्षा फिचर्स थप गरिएको छ ।

अन्य फिचर्समा स्टार्ट/स्टप पुस बटन, एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ८ इन्चको फराकिलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, भोइस रिकग्निसन, कुल्ड ग्लोभ बक्स, मोडर्न रिफ्रेसिङ सिट र क्रुज कन्ट्रोल रहेका छन् ।

नयाँ अउरा फेसलिफ्टमा नयाँ डिजाइन गरिएको १५ इन्चको डायमण्ड–कट एलोय ह्वील प्रयोग गरिएको छ । यसको बाहिरी भागमा थ्रीडी ब्ल्याक रेडिएटर ग्रिल, स्वेप्ट ब्याक प्रोजेक्टर हेडल्याम्प, ट्विन बुमेराङ आकारको एलईडी डीआरएल लाइटको प्रयोग गरिएको छ । यसले नयाँ अउरालाई आकर्षक र स्पोर्टी लुक दिएको छ ।

त्यसैगरी यसको इन्टेरियरमा भने आकर्षक तरिकाले अउरा ब्रान्डीङ गरिएको छ । यसमा ग्लसी ब्ल्याक इन्सर्टस, लेदरले र्याप गरिएको स्टेयरिङ ह्वील र गियर नबसँगै क्रोम फिनिस्ड गियर नब, पार्किङ लिभर टिप, भित्रि ह्यान्डलमा मेटल फिनिस सहित नयाँ फ्याब्रिक डिजाइन सिट उपलब्ध रहेको छ।

कम्पनीले नयाँ अउरामा आफ्नो डायमेन्सन परिवर्तन गरेको छ । यसको लम्बाई ३ हजार ९९५ एमएम, चौडाई १ हजार ६८० एमएम र उचाई १ हजार ५२० एमएम रहेको छ भने ह्वीलबेस २ हजार ४५० एमएम पाउन सकिन्छ ।

हुन्डाईले यसमा आफ्नो चर्चित कप्पा इन्जिनको प्रयोग गरेको छ । यसमा भएको १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिनले अधिकतम ८३ पीएस पावर र ११३.८ एनएम पीक टर्क उत्पादन गर्छ । हुन्डाईले अउरालाई भारतीय बजारमा सिएनजी भेरियन्टमा पनि उपलब्ध गराएको छ ।


Back_to_top