काठमाडौं । हिरो मोटो कर्पको नेपालका लागि आधिकारीक बिक्रेता नेपाल जेनरल मार्केटिङ (एनजीएम)ले भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुने १३ औँ नाडा अटो–शोमा एक्सट्रीम-२०० आर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले २०१८ को अटो एक्स्पोमा सार्वजनिक गरेको मोटरसाइकललाई एनजीएमले नेपाली बजारमा ल्याउन लागेको हो । कम्पनीले यस मोटरसाइकलको बजार मूल्य दुई लाख ७५ हजारभन्दा माथि हुने जानकारी दिएको छ ।
यो पनि पढ्नुस्ः नेपाल आयो होन्डाको नयाँ बाइक एक्स ब्लेड, यस्तो छ मूल्य र फिचर
यो मोटरसाइकलमा २०० सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड टु–बल्व इन्जिन लगाएको छ । यो इन्जिनले ८००० आरपीएममा १८ बीएचपी पावरकासाथै ६५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ । ५ स्पीड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायतका विशेषता दिएको छ ।

यो मोटरसाइकलमा सिङ्गल च्यानल बे्रकिङ्ग सिस्टम लगाइएको छ भने ५ कलर अप्सनमा बजारमा आउने भएको छ । आधुनिक मोटरसाइकलमा समावेश गरिएका सबै विशेषता बोकेको यो मोटरसाइकलले ग्राहकको मन जित्ने कम्पनीको दाबी छ ।
ग्लामर एसभी
त्यस्तै, कम्पनीले अटो–शोमा ग्लामर एसभी मोटरसाइकललाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । १२५ सीसी ग्लामर एसभी मोटरसाइकलमा आकर्षक ग्राफिक्स दिइएको छ ।

मोटरसाइकल मन पराउनेहरूको विशेष रोजाइमा परेको यस मोडलमा आई–३ एस प्रविधि, ट्यूवलेस टायर, मस्कुलर र स्पोर्टी डिजाइन र एलईडी टेल ल्याम्पजस्ता विशेषता समेटिएका छन् ।
यो मोटरसाइकलको मुख्य विशेषता आई–३ एस प्रविधि हो । आईडीएल स्टप–स्टार्ट सिस्टमले मोटरसाइकल ट्राफिकमा रोकिँदा आपैmँ बन्द हुने र ट्राफिक खुलेपछि सजिलैसँगै स्टार्ट हुने गर्छ । १२५ सीसी इन्जिनले ग्लामर एसभी मोटरसाइकललाई कठिन ठाउँमा गुडाउन ठूलो मद्दत गर्छ । त्यस्तै, ट्यूवलेस टायरले टायर पञ्चर हुनेजस्तो असुविधाबाट जोगाउँछ । मस्कुलर र स्पोर्टी डिजाइन तथा एलईडी ल्याम्पले मोटरसाइकको प्रस्तुतिलाई निकै आकर्षक बनाएको छ ।
ग्लामर ब्ल्याकविथ टेक्नो–ब्लू, ब्ल्याकविथ स्पोट्र्स–रेड र क्यान्डी ब्लजिङ–रेड रङ्गहरूमा उपलब्ध रहेको छ । नेपाली बजारमा यस मोटर साइकलको मूल्य एक लाख ९३ हजार रुपैयाँ रहेको छ ।
डू-एट स्कुटर
कम्पनीले उत्कृष्ट मोडेलको संस्करणको रुपमा परिचित डू–एट स्कुटरलाई नाडा अटो शोमा विशेष स्थान दिएर प्रमोसन गर्ने जनाएको छ । डू–एट स्कुटरमा एड्भान्स इन्जिन, एक्स्ट्रापावर डेलिभरी, एक्स्ट्रा पिकअपलगायका विशेषता समेटिएको छ ।

यसमा डिक्कीमै राखेर मोबाइल चार्ज गर्ने सुविधा रहेको छ । टेलेस्कोपिक फ्रन्ट सस्पेन्सनले लग्जरीएस यात्रा तथा इन्टीग्रेटेडले यात्रुहरूलाई सुरक्षित गर्ने भएकोले नयाँ डू-एट स्कुटर निकै लोकप्रिय रहेको कम्पनीले जनाएको छ ।
डू-एट स्कुटर क्यान्डी ब्लजिङ-रेड, ग्रेस–ग्रे र प्यान्थर-ब्ल्याक रङ्गहरूमा उपलब्ध छन् । नेपाली बजारमा यस स्कुटरको मूल्य १ लाख ७९ हजार ५०० रुपैयाँ रहेको छ ।


