यी चर्चित ४ कार, चाँडै इलेक्ट्रिक भर्सनमा आउँदै

काठमाडौं । भारत सरकारले २०३० सम्ममा पूर्ण विद्युतीय सवारीमात्र दर्ता गर्न पाइने नियम ल्याएको छ । त्यही अनुरुप कम्पनीहरुले नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गर्ने योजना बनाइरहेका छन् । यसका साथै टाटा, महिन्द्रा, रेनो लगायत कम्पनीले पुरानै चर्चित मोडललाई नै विद्युतीयमा परिणत गरेर सार्वजनिक गर्ने तयारी गरेका छन् । 

टाटा टियागो

  

टाटाले आफ्नो चर्चित मोडल टियागो विद्युतीय भर्सनमा समेत सार्वजनिक गर्दै छ । टियागो इलेक्ट्रिक आगामी दुई महिना भित्र सार्वजनिक गर्ने अनुमान गरिएको छ । टियागो इलेक्ट्रिकमा ८४ केडब्लू इलेक्ट्रिक मोटर रहेको छ । जसले २ सय एनएम टर्क दिने र १ सय ३५ किलोमिटर प्रतिघण्टा अधिकतम गति हुने छ । उक्त कारले शून्यदेखि १ सय किलोमिटरको गति ११ सेकेन्डमा तय गर्ने छ । 

महिन्द्रा केयुभी१०० इलेक्ट्रिक 

 

महिन्द्राले माइक्रो एसयुभी केयुभी१०० को इलेक्ट्रिक भर्सन २०१८ को अटो एक्पोमा सार्वजनिक गरेको थियो । यो वर्षको अन्त्यसम्ममा केयुभी१०० इलेक्ट्रिक सार्वजनिक हुने अनुमान छ । यो कारमा शक्तिशाली विद्युतीय मोटर सहित आउने छ । शून्यदेखि १ सयको गति ९ सेकेन्डमा गत गर्ने छ । केयुभी१०० इलेक्ट्रिकको अधिकतम गति १ सय ८६ किलोमिटर प्रतिघण्टा हुने छ । 

रेना क्वीड 

रेनोले क्वीड ह्याचब्याक कारको इलेक्ट्रिक भर्सन उत्पादन भर्दै छ । कम्पनीले चिनियाँ बजारलाई लक्षित गर्दै क्वीड इलेक्ट्रिक ल्याउन लागेको हो । चीनमा क्वीड इलेक्ट्रिकले सफलता हात पारेमा भारतसहितका अन्य बजारमा समेत निर्यात गर्ने जनाएको छ । उक्त कार भारतीय बजारमा समेत छिट्टै आउने अनुमान गरिएको छ । भारतमा रेनो क्यवी निक्कै सफल भएकाले पनि विद्युतीय भर्सन ल्याउन कम्पनी आतुर रहेको बताइन्छ । 

महिन्द्रा एक्सयुभी५००

 

महिन्द्राले २०१९ भित्र दुई इलेक्ट्रिक कार बजारमा ल्याउने घोषणा गरेको छ । केयुभी१०० को इलेक्ट्रिक भर्सन परिक्षणको क्रममा रहेको छ । त्यस्तै महिन्द्राले दोस्रो इलेक्ट्रिक एसयुभी एक्सयुभी५०० हुने बताइएको छ । एक्सयुभी५०० इलेक्ट्रिक भर्सनमा ल्याउन काम भइरहेको महिन्द्राले जनाएको छ ।


Back_to_top