भारतमा भेटियो ५९ लाखटन लिथियम, ईभीकाे लागत सस्तिने

काठमाडौं । भारतमा ठूलो परिमाणमा लिथियमको भण्डारण भेटिएको छ । भारत सरकारले गत बिहीबार जम्मु काश्मिरको रियसी जिल्लामा झन्डै ५९ लाख टन लिथियम भण्डार भेटिएको बताएको हो । जियोलोजिकल सर्भे अफ इन्डियाका अनुसार जम्मू कस्मीरको रियसी जिल्लामा ५.९ मिलियन टन लिथियमको भण्डारी भेटिएको हो ।

लिथियम विद्युतीय गाडीको मुख्य पार्ट्स ब्याट्री बनाउन प्रयोग हुन्छ । भारतमै लिथियम भण्डार भेटिएसँगै विद्युतीय सवारीकोे विकास अझ द्रुत गतिमा हुने विश्वास गरिएको छ ।

विश्वव्यापी रूपमा ईभीको ब्याट्री बनाउन प्रयोग भइरहेको लिथियमको ठूलो भण्डार पत्ता लागेसँगै भारतीय अटोमोबाइल उद्योग उत्साहीत भएका छन् ।

भारतमा टाटा, महिन्द्रा, सिट्रोन लगायतले चारपांग्रे र ओला, ओकिनावा, अथर, टीभीएस, बजाज लगायत कम्पनीले दुईपांग्रे इलेक्ट्रीक भेहिकल उत्पादन गरिरहेका छन् ।

अहिले भारतमा उत्पादित सबै ईभी कम्पनीहरू लिथियमका लागि चीनमा आश्रित रहेका छन् । पछिल्लो समय विश्वभरका अटोमोबाइल कम्पनीहरू ईभीमा फोकस भएकोले सन् २०३० सम्ममा लिथियमको माग १०० गुणाले बढ्ने अनुमान गरिएको छ ।

विश्वका ५० प्रतिशत लिथियमको भण्डार अर्जेन्टिना, बोलीभिया, चिली लगायत साउथ अमेरिकी देशहरूमा पाइएको छ । भारतमै लिथियमको ठूलो भण्डार भेटिएसँगै इलेक्ट्रीक भेहिकलको बजार व्यापक रूपमा विस्तार हुने अनुमान गरिएको छ ।

अहिले पनि भारतीय बजारमा इलेक्ट्रीक भेहिकलको व्यापक माग रहेको छ । कम्पनीहरूले लिथियम तथा अन्य कम्पोनेन्टको सप्लाई चेनमा भएको समस्याका कारण पर्याप्त मात्रामा ईभी बनाउन सकिरहेका छैनन् ।

आफ्नै देशमा लिथियमको भण्डार भेटिएसँगै अब सप्लाइमा आफ्नो पकड रहेने भएकाले भविष्यमा भारतमा अफोर्डएवल रेटमा पर्याप्त संख्यामा ईभीको उत्पादन हुने अपेक्षा गरिएको छ ।


Back_to_top