हुन्डाई क्रेटाको डाइनामिक ब्ल्याक एडिसन सार्वजनिक

काठमाडौं । हुन्डाई क्रेटाको डाइनामिक ब्ल्याक एडिसन सार्वजनिक भएको छ । कम्पनीले फेसलिफ्ट मोडलमा आधारित क्रेटाको डार्क भर्सन सार्वजनिक गरेको हो ।

ब्ल्याक एडिसन क्रेटाको एक्स्टेरियर र इन्टेरियरमा व्यापक सुधार गरिएको छ । यो भारतीय बजारमा बिक्री हुँदै आएको नाइट एडिसनको जस्तै देखिए पनि केही एलिमेन्टहरू भने फरक दिइएको छ । यसको प्यारामेट्रिक ग्रिल र हेडलाइट सराउन्डमा ब्ल्याक फिनिस दिइएको छ । त्यसैगरी, यसमा कालो रङ्गमा नै फिनिसिङ गरिएको ह्वील र साइड एप्लिक्युसको प्रयोग भएको पाउन सकिन्छ ।

हुन्डाई क्रेटाको इन्टेरियरमा रहेको ड्यासबोर्डमा ब्ल्याक फिनिस देख्न सकिन्छ । भारतका लागी निर्माण हुने डार्क एडिसनमा १०.२५ इन्चको टच स्क्रिनको साथमा ८ इन्चको टचस्क्रीन डिस्प्ले हुने अनुमान गरिएको छ । नर्मल हुन्डाई क्रेटाको तुलनामा ब्ल्याक एडिसनको ड्यासबोर्डमा रेड एलिमेन्टको ठाउँमा डार्क क्रोम एलिमेन्ट हुनेछ।

यसको इन्जिन भने पुरानो क्रेटामा झैँ हुनेछ । यसमा १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सन दिइएको छ । यसमा इको, कम्फर्ट, स्पोर्ट र स्मार्ट गरी विभिन्न ४ ड्राइभ मोड दिइएको छ ।

२०२३ क्रेटा डाइनामिक ब्ल्याक एडिसन लेदररेड सिट अपहोलस्ट्रे, इलेक्ट्रोनिक पार्किङ ब्रेक, वायरलेस चार्जिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टार्ट पुस बटन लगायत सुविधा छन् ।

ब्ल्याक एडिसनको क्रेटा हाल इन्डोनेसियामा सार्वजनिक भएसँगै भारतमा भने २०२३को अन्त्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ ।

नेपालमा हुन्डाई क्रेटा

नेपाली बजारमा हुन्डाई क्रेटाको ठूलो संख्यामा बिक्री वितरण हुँदै आएको छ ।  नेपालका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटाको आधिकारिक रुपमा बिक्री गर्दै आएको छ । यो मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा धेरै रुचाइएको ब्राण्ड हो । यसको  डाइनामिक ब्ल्याक   एडिसन नेपाल पनि आउने अनुमान गरिएको छ ।


Back_to_top