अब हाइवेमा इलेक्ट्रीक गाडी चार्ज गर्न सकिने (भिडियाेसहित)

काठमाडाैं । नेपालका लागि किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङग इन्टरप्राइजेजले नेपालको कुरिनटारमा किया सोल इभिको लागि इलेक्ट्रिक डीसी चार्जीङ्ग सुबिधा सहितको चार्जिङ्ग स्टेशन सुरु गरेको छ ।

नेपालमै पहिलो डीसी चार्जर कुरिनटार स्थित रिभरसाइड स्पिरिङ्ग रिसोर्टमा जडान गरेको छ । डिसी चार्जर स्टेशनको स्थापनाको मुख्य उद्देश्य भनेको किया सोल इभी गाडीका ग्राहकलाई आफ्नो इलेक्ट्रिक भेइकल हाइवेमा चार्ज गर्नको लागि स्थापना गरिएको हो ।

कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेजका असिस्टेन्ट जनरल मेनेजर अनिष लामिछानेले भने ,“नेपालमै पहिलो पटक डिसी चार्जिङ्ग सुबिधा सुरुगर्न पाएकोमा हामी निकै खुसी भएका छौ । अहिलेको युग भनेको डिजिटल युग हो र ग्राहकहरु इभी गाडी प्रति धेरैनै अकर्षित छन् । हामीहरु अबका दिनहरुमा नेपाल भरिनै चार्जिङ्ग स्टेशन खोल्ने  योजनाकासाथ अगाडी बढी रहेका छौ । अब चाडैनै देशभरि जहाँजादा पनि इलेक्ट्रिक भेइकलको चार्जिङ्गको समस्या हुनेछैन ।’

यो सँगै नेपालमा विशेष गरेर किया साेलका ग्राहकले हाइवेमा यात्रा गर्दा गाडी चार्जगर्ने सुविधा पाउने छन् । करिब ८० प्रतिशत चार्ज ३० मिनेटमा गर्न सकिने उक्त चार्जिङ स्टेशन संचालनमा आएसँगै अब हाईवेमा सहज हुने कम्पनीले विस्वास लिएको छ ।

गत अगस्ट ३१ गतेदेखि भरतपूरको रिसालचोकमा एसी चार्जर स्टेशन स्थापन गरेको छ । साथै कम्पनीले बिभिन्न सहरमा चार्जिङ स्टेशन स्थापना गर्दै जाने उद्देश्य लिएको छ ।  


Back_to_top