नक्सालमा अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याउँदै रोयल इनफिल्ड

काठमाडौं । रोलय इनफिल्डले नेपालमा अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याउने भएको छ । त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोबाइल्सले काठमाडौंको नक्साल नारायणचौरमा रोयल इनफिल्डको अन्तर्राष्ट्रिय स्तरको शोरुम संचालनमा ल्याउने तयारी गरेको हो ।

कम्पनीले आफ्नो पहिलो प्रिमियम शोरुमको तयारी अन्तिम चरणमा पुगेको छ । अबको केही दिनभित्रै उक्त शोरुम संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

निर्माणको अन्तिम चरणम पुगेको उक्त शोरुम अन्तराष्ट्रिय स्तरको हुने कम्पनीले जनाएको छ । यो शोरुम दुईतलाको रहेको छ भने तल वर्कशप र माथि बाइक प्रदर्शन तथा विक्री कक्ष रहने छ ।
त्यस्तै, कम्पनीले उक्त शोरुममा रोयल इनफिल्डका मर्चेन्डाइज तथा राइडिङ सेफ्टी गियरहरू समेत विक्री गर्नेछ ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोबाइल्सले हाल क्लासिक ३५० र मेटीअर ३५० को विक्री गर्दै आएको छ ।

हाल कम्पनीले कमलपोखरीमा रहेको सिटी सेन्टरमा विक्री केन्द्र स्थापन गरेर रोयल इनफिल्ड मोटरसाइकल विक्री गर्दै आएको छ ।

 


Back_to_top