नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा महिन्द्राको नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले नयाँ बोलेरो क्याम्पर बिक्री सुरू गरेको हो ।

कम्पनीले याँ बोलेरो क्याम्परको मूल्य ३९ लाख रुपैयाँ तोकेको छ । नयाँ क्याम्पर आकर्षक नयाँ डिजाइन, थप आरामदायी क्याबिन र आधुनिक फिचर थपिएर आएको हो ।

साथै, महिन्द्राले नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमा अघिल्लो मोडलको विश्वसनीय शक्ति र टर्कमा अपग्रेडको छ । साथै एयर कन्डिसनर (एसी), म्युजिक सिस्टम, लेदर सिट थप गरिएका छन् ।

यसमा महिन्द्राको विश्वासिलो एम २ डीआइ फोर सिलिण्डर २५२३ सीसीको डिजेल इन्जिन छ । यस पिकअपले ३,२०० आरपीएममा ५९.७ किलोवाट तथा १,४०० देखि २,२०० आरपीएममा २२० न्युटन मिटर टर्क प्रदान गर्छ ।

शक्तिशाली इन्जिन भएकै कारण यो गाडीले जस्तोसुकै बाटोमा पनि उच्च तान्ने क्षमता, इन्धन दक्षता तथा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्छ।

नयाँ बोलेरो क्याम्परको लम्बाइ ४८५९ एमएम, चौडाइ १७०० एममएम र उचाइ १८५५ एमएम छ । यसमा ३०१४ एमएमको ह्वीलबेस पाउन सकिन्छ । यसमा १४४३ एमएमको फ्रन्टट्रयाक र १३५५ एमएमको रियर ट्रयाक छ ।

नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले मजबुत क्षमता र दैनिक प्रयोगको आराम बीचको सन्तुलनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको छ। महिन्द्राले व्यवसायी, उद्यमी तथा भरपर्दो सवारीसाधनमा निर्भर पेशाकर्मीहरूको आवश्यकतालाई ध्यानमा राखेर विकास गरेको हो ।


Back_to_top