चाडपर्वको मौसमलाई मध्यनजर गर्दै अमेरिकी कम्पनी फोर्डले भारतमा एस्पाएर फेसलिस्ट सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी ४ अक्टोम्बरमा एस्पायर फेसलिफ्ट सार्वजनिक गर्ने घोषणा गरेको छ ।
फेसलिफ्ट सम्भावित सुरूवाति मूल्य पाँच लाख ५० हजार हुने अनुमान गरिएको छ । एस्पायरकासाथै फोर्डले ह्याचब्याक फिगोको फेसलिफ्ट मोडल तयार पारिरहेको छ । एस्पायरमा नयाँ डिजाइन बम्पर, बडी फ्रन्ट ग्रिल, तथा नयाँ हेडलाइट्स दिइएको छ । यसको अलवा कम्पनीले क्याबिनमा अपग्रेड गरेको छ ।
साथै, यसमा सिन्क–३ इन्फानेन्टमेन्ट सिस्टम दिइएको छ । फेसलिफ्ट एस्पायर पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध हुने छ । यसमा १.२ लिटर ड्रागन सिरिजको नयाँ पेट्रोल इन्जिन दिइएको छ । यसले ९६ पीएस पावरकासाथै १२० एनएम टर्क उत्पादन गर्छ । यसको अलवा नयाँ एस्पायरमा १.५ लिटरको डिजेल इन्जिन लगाइएको छ भने, पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । यसमा अटोमेटिक गियरबक्सको सुविधा दिइएको छ ।
भारतीय बजारमा कम्प्याक्ट सेडान सेग्मेन्टमा मारुतीको डिजायर, होन्डाको अमेज र हुन्डाईको एक्सेन्टसमेत पनि निकै प्रचलित छ । कम्पनीले यो मोडलमार्फत् राम्रो बजार पकड्ने आशा लिएको जनाएको छ ।

