काठमाडौं । बजाज २०० एफ मोटरसाइकल पुनः बजारमा आएको छ । भारतीय बजारमा विक्री बन्द भएको पल्सर २२० एफको पुनः विक्री सुरु भएको हो ।
भारतीय तथा नेपाली बजारमा निकै चर्चित मोटरसाइकल पल्सर २२० एफ केही समय अगाडि भारतीय बजारमा विक्र नगर्ने घोषण गरेको थियो ।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले पल्सर सिरिजमा सबैभन्दा धेरै क्षमताको पल्सर एफ २५० सार्वजनिक गरेसँगै २२० एफ विक्री बन्द गरेको थियो । अन्तराष्ट्र्रिय बजारमा भने २२० एफ उपलब्ध हुँदै आएको थियो ।
बजाजले २००७ देखि पल्सर २२० एफ विक्री गर्दै आएको छ । कम्पनीले २०२१ मा पल्सर एफ २५० सार्वजनिक गरेसँगै २२० एफको विक्री बन्द गर्ने घोषणा गरेको थियो ।
पल्सर एफ २५० मोर्डन डिजाइनमा तयार पारिएको मोटरसाइकल भएता पनि यसका २२० को तुलनामा कम क्षमताको फ्यूल ट्याङ्क, ज्यादा तौल हुनु जस्ता कारणले भारतीय ग्राहकको रोजामा २२० नै परेको देखिन्छ । एफ २५० ले सोचेजस्तो ब्यापार गर्न नसकेपछि कम्पनीले २०० एफलाई पुनः भारतीइ बजारमा ल्याएको छ ।
कम्पनीले यसको इन्जिनलाई भने बीएस ६ स्टेज २ इमिशन मापदण्डमा तयार पारेको छ भने अन्य कुनैपनि मेकानिकल परिर्वतन गरेको छैन् ।
यसमा पुरानै २२० सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, एफआई इन्जिनलाई निरन्तरता दिइएको छ । यसले ८५०० आरपीएममा अधिकतम २० हर्सपार र ७००० आरपीएममा अधिकमतम १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।
बजाज अटोले १ लाख ३९ हजार भारतीय रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।


