काठमाडौं । सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले आफ्नो सफल सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ जेनेरेशन र ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा नेपालमा विक्री सुरु गरेको छ । कम्पनीले ब्रेजाको ६ भेरियन्ट र ग्राण्ड भिटाराको ९ भेरियन्ट नेपालमा उपलब्ध गराएको हो ।
आधुनिक फिचर लोडेड नयाँ ब्रेजा पहिलो पटक एलएक्सआई भेरियन्टमा पनि उपलब्ध भएको छ । कम्पनीले एलएक्सआई भेरियन्टको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर तत्काल किन्ने ग्राहकलाई ३ लाख नगद छुट प्रदान गर्दै ४१ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीले ब्रेजाको टप भेरियन्टको मूल्य ५६ लाख २९ हजार निर्धारण गरेको छ । यसमा पनि ग्राहकले ३ लाख रुपैयाँ नै नगद छुट पाउने छन् ।
मारुती सुजुकी ग्राण्ड भिटारा मोडल पनि आधिकारीक विक्री सुरु भएको छ । कम्पनीले ६३ लाख ९९ हजार मूल्य तोकेर ग्राण्ड भिटार जेटा भेरियन्टको विक्री सुरु गरेको हो । यो इन्ट्री लेभल मोडल हो । यसमा पनि कम्पनीले ३ लाख नगद छुट दिएर ६० लाख ९९ हजार मूल्य निर्धारण गरेको छ ।

कम्पनीले ग्राण्ड भिटारको स्ट्रङ हाइब्रिड र माइल्ड हाइब्रिड दुई इन्जिन अप्सन उपलब्ध गराएको छ । ग्राण्ड भिटारा बजारमा उपलब्ध चर्चित मोडल हुन्डाई क्रेटा र किया सेल्टोसको प्रतिस्पर्धी मोडल हो ।
यस्तो छ ग्राण्ड भिटारा र ब्रेजाको सबै भेरियन्टको मूल्य


