महिन्द्राको अफर: स्क्राच गर्नुस्, जति पर्छ तेति मूल्यमा बाइक तथा स्कुटर लग्नुस्

काठमाडौं । महिन्द्रा टु ह्वीलरले १३ औं नाडा अटो  तथा नजिकिदै गरेकोे चाडपर्वलाई लक्षित गर्दै स्क्राच अफर ल्याएको छ । महिन्द्राको लागि नेपालको आधिकारी  वितरक अग्नि इनकर्पाेरेडले मोटरसाइकल तथा स्कुटर खरिद गर्दा कुपनमा समावेश भएको मुल्यमात्रै तिनुपर्ने स्किम ल्याएको हो । 

यो अफर अन्तर्गत ग्राहकले महिन्द्राको बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क्राच कुपन प्राप्त गर्नेछन । उक्त कुपनमा अंकित गरिएको मुल्यमा नै मोटरसाइकल वा स्कुटर खरिद  गर्न सक्ने कम्पनीले जनाएको छ ।  भदौ २६ गतेबाट ३१ गतेसम्म काठमाडौंको भृकृटी मण्डपस्थित प्रदर्शनी स्थलमा आयोजनाहुने ६ दिने अटो शो देखि छठपर्व सम्म यो स्किम प्रदान गरिने कम्पनीले जनाएको छ । 


Back_to_top