चल्तीका ब्राण्डले ल्याउँदै १५ ईभी

काठमाडौं । विद्युतीय गाडीको उत्पादन र विक्री अलिे सर्वाधिक चर्चामा रहेको विषय हो । ब्याट्री इलेक्ट्रीक भेहिकलको विकास र बिस्तारमा निकै ठूलो लगानी सुरु भएको छ ।

विश्वको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी टोयोटा भने अल्टरनेटीभ इनर्जी भेहिकलका रुपमा हाइड्रोजन फिउल सेल भेहिकलको विकासमै केन्द्रित थियो । तर, ब्याट्री इलेक्ट्रीक भेहिकल निकै आक्रामक रुपमा विकास र बिस्तारको बाटोमा लागेसँगै टोयोटाले पनि बाटो मोड्यो । उसले सन् २०२२ को अगस्टमा आएर बीइभीमा ५.६ विलियन डलर लगानी गर्ने घोषणा गरिसकेको छ ।

टोयोटा जस्तै विश्वका प्रमुख अटोमोवाइल उत्पादक कम्पनीहरु फोर्ड, जनरल मोटर्स, फक्सवागेन, हुन्डाई, सुजुकी, निसान, सेभ्रोलेट, जीप लगायतका सबै कम्पनीहरु ईभीको विकासमा केन्द्रित भएका छन् ।

स्थापीत कम्पनीका अलावा विश्वमा हजारौ स्टार्टअप कम्पनीहरुले पनि नयाँ नयाँ प्रविधि र डिजाइनका ईभीहरु विकास गरिरहेका छन् । सन् २०२३, २०२४ र २०२५ सम्ममा धेरै ब्राण्डका सयौं ईभी लन्च गर्ने तयारी सुरु भएको छ । यो ३ वर्षलाई ब्याट्री ईभीको स्वर्ण वर्षको रुपमा लिन सकिन्छ ।

हामीले निकट भविष्यमै लन्च गर्न अवस्थामा रहेका चर्चित ब्राण्डका मोडलहरुका बारेमा चर्चा गरेका छौं ।

अल्फा रोमियो

इटालीको लग्जरी कार कम्पनी अल्फा रोमियोले आफ्नो जुलिया क्वाड्रिफोग्लियो मोडलको सेडान कारलाई ब्याट्री ईभीमा कन्भर्ट गर्दैछ । फोर डोरको सेडान कारलाई कम्पनीले १ हजार हर्स पावर भएको शक्तिशाली ईभीमा परिणत गर्न लागेको हो ।

काडिलाक सेलेक्टिक

काडिलाकले पनि आफ्नो पहिलो ईभीको रुपमा सन् २०२४ मा सेलेक्टिक मोडलको लग्जरी ईभी लन्च गर्ने भएको छ । यो कारमा ६०० हर्स पावरको मोटर तथा ४८० किलोमिटरको ड्राइभिङ रेन्ज रहने बताएको छ ।

सेभ्रोलेट व्लेजर

यसै वर्ष लन्च गर्ने तैयारीमा रेहेको सेभीको व्लेजर ईभी सन् २०२२ को जुलाइमै कन्सेप्ट सार्वजनिक भएको थियो । अमेरिकी अटोमोवाइल कम्पनी सेभ्रोले व्लेजरमा शक्तिशाली ५५७ हर्सपावरको मोटर रहने छ भने ५१२ किलोमिटरको रेन्ज प्रदान गर्नेछ ।

फरारी इलेक्ट्रिक सुपरकार

सुपर कारको उपमा पाएको फरारीले पनि सन् २०२५ सम्ममा पावरफुल इलेक्ट्रीक पफर्मेन्स कार लन्च गर्ने भएको छ । फरारी ईभीमा युनिक ड्राइभीङ एक्सपिरीयन्स प्राप्त गर्न सकिने कम्पनीको दावी छ ।

जेनेसीस एक्स

हुन्डाई मोटर्सको प्रिमियम ब्राण्ड जेनेसीसले पनि गत वर्षनै लस एन्जलस अटोशोमा जेनेसीस एक्सको कन्सेप्ट सार्वजनि गरेको थियो । कन्भर्टिबल स्पोर्टस् कारको रुपमा जेनेसीस एक्स लन्च हुनेछ । यसको मूल्य २ देखि ३ लाख डलर हुने अनुमान गरिएको छ ।

जीएमसी सिरीया

जीएमसीले इलेक्ट्रीक पीकअप सीरीया ईभी लन्च गर्ने भएको छ । यसमा रहेको मोटरले ७५४ हर्सपावरको शक्ति प्रदान गर्नेछ । सिरीया ईभीले एक पटकको फुलचार्जमा ६४० किलोमिटर रेन्ज दिने छ । सन् २०२४ मा लन्च हुने अनुमान गरिएको यो ईभीको मूल्य १ लाख डलरको हाराहारीमा हुनेछ ।

होन्डा प्रोलग

होन्डा मोटर्सको पहिलो इलेक्ट्रीक एसयूभीको रुपमा सन् २०२४ मा प्रोलग लन्च हुनेछ । जनरल मोटर्सको व्लेजरको प्लेटफर्ममा बन्ने यो ईभीले ४८० किलोमिटर रेन्ज प्रदान गर्नेछ । यो ईभीको अधिकतम मूल्य ४५ हजार डलर रहने अनुमान गरिएको छ ।

हुन्डाई आयोनिक ७

ईभीको विकासमा निकै अगाडि रहेको हुन्डाईले सन् २०२४ मा तीनरो सिट भएको आयोनीक ७ लन्च गर्ने भएको छ । हुन्डाईको ईजीएमपी प्लेटफर्ममा निर्माण हुने यो ईभीको कन्सेप्ट गतवर्ष नै सार्वजनिक भएको थियो । यो ईभीको रेन्ज ४८० किलोमिटरभन्दा बढि हुने बताएको छ ।

जीप रेकन

अमेरिकी अफरोड एसयूभी एक्सपर्ट जीपले पनि सन् २०२४ मा अफरोड एसयूभीको रुपमा जीप रेकन लन्च गर्ने भएको छ । रेकनमा पनि जीपको र्याङ्लरमा जस्तै ढुङ्गामा चढ्ने क्षमतामा आउने छ । यसमा पनि जीपको अफरोड एसयूभीमा जस्तै डोर तथा सिलीङ प्यानल रिमूभ गर्न सकिनेछ ।

किया ईभी९

कोरियन ब्राण्ड कियाले यसै वर्षको अप्रिलमा हुने न्यूयोर्क अटोशोमा किया ईभी९ मोडलको ग्लोवल डव्यू गर्ने भएको छ । धेरै वटा टिजर तथा स्पाई सटहरुको आधारमा यो ईभी तीनवटा रो भएको एसयूभी हुने देखाएको छ । साथै यो ईभीको रेन्ज ५ सय किलोमिटर हुने दावी गरिएको छ ।

लेक्सस एलएफए ईभी

जापनीज लग्जरी ब्राण्ड लेक्ससले सन् २०२४ मा एलएफए नाममा अल इलेक्ट्रीक स्पोर्टस् कार लन्च गर्ने भएको छ । लेक्ससको यो स्पोर्टस् कार क्लासिक रियर ड्राइभ ड्राइभट्रेनमा रहनेछ । यो कार शून्यबाट १०० किलोमिटर प्रति घण्टाको स्पीड जम्मा २ सेकेन्डमा पूग्ने र म्यानुअल गियरबक्स सहित आउने छ ।

लिंकल स्टार

अमेरिकी लग्जरी एसयूभी कम्पनी लिंकनले पनि सन् २०२४ मा स्टार मोडलमा इलेक्ट्रीक कार लन्च गर्ने भएको छ । लग्जरी इलेक्ट्रीक एसयूभी लिंकन स्टारको सुरुवाती मूल्य ७० हजार डलर हुने अनुमान गरिएको छ ।

मर्सिडीज बेन्ज इक्यूजी

जर्मनी कार कम्पनी मर्सिडीज बेन्जले आफ्नो आइकोनीक जीक्लास अफरोड भेहिकललाई इलेक्ट्रीक बनाउने भएको छ । कम्पनीले सन् २०२१ मै इक्यूजी फ्यूचरिस्टीक कन्सेप्ट सार्वजनिक गरेको थियो । यो एसयूभीको आफरोड तथा अनरोडमा उत्कुष्ट पफर्मेन्स रहने जनाइएको छ । यो एसयूभीको रेन्ज ५ सय किलोमिटर हाराहारीमा रहने अनुमान गरिएको छ ।

पोर्स मकान ईभी

पोर्सले फुल्ली इलेक्ट्रीक कारको रुपमा सन् २०२३ मै मकान एसयूभी लन्च गर्ने भएको छ । पोर्सले ८०० भोल्ड आर्किटेक्चरमा बनाउने यो ईभीललाई केवल २५ मिनेटमै ५ बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । रियर र अलह्वील ड्राइभमा आउने यो एसयूभीको शक्ति ६०३ हर्सपावर रहने छ ।

भल्भो इएक्स ३०

स्वीडीस अटोमोवाइल कम्पनी भल्भाले पनि सन् २०२४ मा इएक्स ब्राण्डमा नयाँ ईभी लन्च गर्ने भएको छ । कम्पनीले इलेक्ट्रीक पावरटेनमा पुरै पोर्टफोलियो नै तयार गरिरहेको छ । भल्भोको यो मोडलले करिब ४०० किलोमिटरको रेन्ज प्रदान गर्ने छ ।


Back_to_top