गाडी किन्नेलाई धेरै कर्जा दिने ग्लोबल आईएमई, थोरै दिने तीन बैंक

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना (साउन-माघ) मा सवारी कर्जा (हायर पर्चेज लोन) १० प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु वर्षको माघ मसान्तसम्म समग्रमा हायर पर्चेज लोन ९.९ प्रतिशतले घटेको हो ।

चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ४१ अर्ब ६१ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् । यो असार मसान्तको तुलनामा १५ अर्ब ५५ करोड कम हो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा १ खर्ब ५७ अर्ब १६ करोड लगानी गरेका थिए ।

अघिल्लो वर्षको समीक्षा अवधिमा हायर पर्चेज कर्जा ५.५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार चालु आवमासवारीसाधन कर्जा अन्र्तगत बिजनेश प्रपोज ७.१ प्रतिशत र व्यक्तिगत सवारी कर्जा १६.३ प्रतिशतले घटेको छ ।

सरकारले विदेशी मुद्रा संचिति घट्दै गएपछि गत वर्षदेखि सरकारले सवारी साधन आयातमा प्रतिबन्ध लगाएको थियो । सवारी आयातमा सरकार र राष्ट्र बैंकको कडाइले बजारमा खरिदबिक्री र व्यापार ठप्पप्रायः भएको छ । जसको कारण यस क्षेत्रमा बैंकले कर्जा लगानी गर्न सकेको देखिँदैन । यद्यपि, एक चालु आवको पुसदेखि सरकारले सवारीको आयात प्रतिबन्ध हटाएको छ । यसैगरी, राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाएको छ ।

नीतिगत व्यवस्था खुकुलो बनाए पनि सवारी साधन र कर्जाको माग भने बढेको छैन । बजारमा माग संकुचन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि घटेको छ ।

अहिले पनि राष्ट्र बैंकले सवारी कर्जाको जोखिमभार शतप्रतिशत कायमै राखेको छ । जसको कारण बैंक तथा वित्तीय संस्थाले यस क्षेत्रलार्य कर्जा लगानीको प्राथमिकतामा राखेका छैनन् ।

छोटो समयमै न्यून जोखीममा आम्दानी गर्न सकिमने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन खरिद तथा व्यापारमा कर्जा लगानी गर्ने गरेका छन् । तर, पछिल्लो समय बजारमा भएको तरलता अभाव, उपभोक्ताको क्रयशक्तिमा आएको कमि, मूल्यवृद्धि र महंगो ब्याजले सवारी साधनको माग बढ्न सकेको छैन ।

एकातिर कर्जा लगानीमा नियामकको कडाइ र अर्कोतर्फ मागमा आएको संकूचनका कारण बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने हायर पर्चेज कर्जामा गिरावट आएको देखिन्छ ।

कुन बैंकको कति लगानी ?

चालु आवको पुससम्म वाणिज्य बैंकहरूले १ खर्ब १९ अर्ब रुपैयाँ सवारी कर्जा दिएका छन् । निजी सावारी साधनमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले ११ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हिमालयन र कुमारी बैंकले करिब ९/९ अर्ब रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नबिल बैंकले ८ अर्ब रुपैयाँ कर्जा दिएको छ भने प्रभुले ७ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा दिएको छ ।

सवारी साधनमा सबैभन्दा कम लगानी लक्ष्मी बैंकको छ । यस बैंकले हालसम्म १ अर्ब ८ करोड रुपैयाँ मात्र ऋण दिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया,माछापुच्छ्रे र प्राइम कमर्सियल बैंकले ६.६ अर्ब बढी लगानी गरेका छन् ।

यसैगरी, एनएमबी, सिद्धार्थ, सानिमा र राष्ट्रिय वाणिज्य बैंकले ५/५ अर्ब बढी रुपैयाँ कर्जा लगानी गरेका छन् । सिटिजन्स् र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४/४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सनराइजले ३, कृषि विकास, एभरेष्ट, नेपाल बैंक र एसबीआई बैंकले २ अर्ब बढी रुपैयाँ सवारी कर्जा लिएका छन् ।


Back_to_top