वातावरण दिवसमा ईभी मैत्री बन्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिन विशेष अफर सार्वजनिक गरेको छ । बैंकले आफ्नो ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारीसाधन प्रयोगमा ल्याएको हो ।

बैंकले वातावरण जोगाउन संकेतिक प्रयास स्वरुप दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याएको जनाएको छ । साथै, भोलिका दिनमा कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमशः विद्युतीय बनाउँदै जाने प्रतिवद्धता जाहेर गरेको छ ।

अहिले बैंकले ११ प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा उपलब्ध गराउँदै आएको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै ३० वर्षदेखि वित्तिय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।


Back_to_top