काठमाडौं । हिरो इलेक्ट्रीक स्कुटर कम्पनीले एकैपटक तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्र्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा हिरो इलेक्ट्रीकले अप्टिमा ५.०, अप्टिमा २.० र एनवाइएक्स इलेक्ट्रीक स्कुटर सार्वजपिनक गरेको हो ।
कम्पनीले कम्फर्ट, स्पीड र सिटी स्पीड सेग्मेन्टका स्कुटरहरू सार्वजनिक गरेको हो । ती स्कुटर जर्मन ईसीयू टेक्नोलोजी प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ ।
तीनओटै स्कुटरमा सुरक्षाका लागि ब्याट्री सेफ्टी आर्लाम, ड्राइभ मोड लक, रिभर्स रोल प्रोटेक्सन र साइड स्ट्यान्ड सेन्सर जस्ता सेफ्टी फिचर्सहरू उपलब्ध रहेका छन् ।
अप्टिमा ५.०, २.० र एनवाइएक्समा समान रुपको ३ किलोवाट सी ५ लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । जुन ब्याट्री फुलचार्ज हुन ३ देखि साढे ३ घण्टा लाग्नेछ ।

अप्टिमा ५.० स्कुटरको टप स्पीड ५५ किलोमिटर प्रतिघण्टा रहेको छ भने अप्टिमा २।० र एनवाइएक्सको टप स्पीड ४८ किलोमिटर प्रतिघण्टा पाउन सकिन्छ । अप्टिमा स्कुटरमा १६५ एमएम र एनवाइएक्समा १७५ एमएम को ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
विभिन्न कलरहरुको अप्सनमा कम्पनीले तीनै स्कुटरको मूल्य ८५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।
नेपाली बजारमा लक्ष्मी इमोबिलिटीले हिरो इलेक्ट्रीकको स्कुटरहरू बिक्री गर्दै आएको छ । भारतमा नयाँ मोडलहरू लन्च भएसँगै नेपालमा समेत ती स्कुटर चाँडै आउने अनुमान गरिएको छ ।

