ब्रिजस्टोनले बनायो लार्जेस्ट टायर इमेज लोगोको विश्व रेकर्ड

काठमाडौं । ब्रिजस्टोन इन्डियाका ३०० बढी कर्मचारीले ५६५ टायर प्रयोग गरेर विश्व रेकर्ड बनाएका छन् । उनीहरूले कम्पनीको ब्रिजस्टोन लोगो सृजना गरेर ‘लार्जेस्ट टायर इमेज लोगो’ शीर्षकमा विश्व रेकर्ड बनाएका हुन्।

यो कार्यक्रमलाई गिनिज वर्ल्ड रेकर्ड्सका निर्णायकहरूले प्रमाणीकरण गरेका थिए । यसमा कम्पनीका कर्मचारीले रेकर्ड डिजाइनमा प्रयोग गरेका टायरको कुल संख्या मापन गरिएको थियो ।

यसमा लोगो बनाउँदा प्रयोग गरिएको सबैभन्दा बढी टायरको लागि ब्रिजस्टोन इन्डियालाई सम्मानित गरिएको हो।

सोही अवसरमा ब्रिजस्टोन इन्डियाका प्रबन्ध निर्देशक स्टेफानो सान्चिनी भन्छन्,’विश्व रेकर्ड कायम गर्नु एक ठूलो उपलब्धी रहेको छ । समग्रमा हो हामी सबैको भावना र मनोवृत्तिको प्रतिबिम्ब पनि हो । यसले हामीलाई हाम्रो ब्रान्डलाई नेतृत्व निर्माण गर्न बजारमा हरेक दिन ड्राइभ गर्दछ। यो एक टिम स्पिरिट पनि हो । जसले हामीलाई यो गर्वको क्षण सिर्जना गर्न एक साथ आउन मद्दत गर्यो।’

प्रबन्ध निर्देशक सान्चिनीले यो कार्यक्रमले कम्पनीलाई ग्लोबल रेकर्ड होल्डरको उल्लेखनीय सूचीमा राखेको समेत बताए ।


Back_to_top