काठमाडौं । टीभीएस रोनिन मोटरसाइकल नेपाल भित्रिएको छ । कम्पनीले दुई यूनिट टीभीएस रोनिन नेपाल भित्र्याएको हो ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले दुई यूनिट टीभीएस रोनिन मोटरसाइकल नेपाल भित्र्याएर परीक्षण सुरू गरेको हो ।
कम्पनी स्रोतले मेरोअटोलाई बताए अनुसार परीक्षण सकेर नेपाली नयाँ वर्ष २०८० अवसरमा टीभीएस रोनिन सार्वजनिक गर्ने तयारी भइरहेको छ । परीक्षण सफल भएमा केही समय भित्रै टीभीएस रोनिन सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ ।
हाल कम्पनीले देशका विभिन्न स्थानमा रोनिनको परीक्षण गरिरहेको देखिएको छ ।

यस्तो छ मोटरसाइकल
टीभीएस रोनीनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलईडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनिनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै, यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुवै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनिनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलईडी डीआरएल, साइलेन्ट स्टार्ट जस्ता फिचर दिइएको छ ।

कति पर्ला मूल्य ?
भारतीय बजारमा टीभीएस रोनिनको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो मोटरसाइकल नेपाली बजारमा सार्वजनिक हुँदा ४ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्ममा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

टीभीएसको अपाचे आरटीआर २०० फोर भी आरटीएफआई ४ लाख ११ हजार ९०० रुपैयाँमा नेपाली बजारमा विक्री हुँदै आएको छ भने यो मोटरसाइकल भारतमा रोनिनभन्दा लगभग ७ हजार भारतीय रुपैयाँले सस्तो रेहेको छ ।


