टीभीएस रेडरको सस्तो भर्सन सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । टीभीएस मोटर्सले रेडर १२५ को सस्तो भर्सन मोटरसाइकल सार्वजनिक गरेको छ । टीभीएस रेडरको सिंगल सीट भेरिएन्ट सार्बजनिक गरेको हो ।

कम्पनीले रेडर लाइनअपको सबै भन्दा सस्तो ‘वेस भेरिएन्ट’ भारतीय बजारमा सार्बजनिक गरेको हो ।

कम्पनीले कुनै लन्च इभेन्ट बिनानै गुपचुप रुपमा रेडरको नयाँ भेरिएन्ट सार्बजनिक गरेको हो ।

मोटरसाइकलमा पुरानो स्प्लिट सीट परिबर्तन गरेर सिंगल पीस सीट दिइएको छ भने अन्य डिजाइन र फिचरहरु यथाबतनै रहेका छन् ।

कम्पनीले नयाँ रेडरको भारतीय बजारमा ९३ हजार ७१९ रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको छ । यो मोटरसाइकल स्मार्ट कनेक्ट भेरिएन्ट भन्दा ७ हजार र स्प्लिट सीट भेरिएन्ट भन्दा १ हजार सस्तो हो ।

यस्तो छ टीभीएस रेडर १२५

निकै स्टाइलिस डिजाइन र मस्कुलर फ्यूल ट्याङ्क, स्लीक वेली प्यान र स्प्लीट सिट रेडर १२५ को मुख्य आकर्षण हो ।

राइडर १२५ अर्को मुख्य आकर्षण यसको पावर हो । यसमा रहेको १२५ सीसी क्षमताको इन्जिन निकै पावर फुल रहेको छ । यसमा रहेको १२४.८ सीसी क्षमताको थ्रि भल्भ, आयल कुल्ड, एफआई इन्जिनले ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

टीभीएसले राइडरमा अगाडि टेलिस्कोपीक फर्क, पछाडि ग्यास चार्ज्ड मोनोशक सस्पेन्स र १७ इन्चको अलोय ह्वील दिइएको छ । यसमा रहेको २४० एमएमको फ्रन्ट डिस्क र १३० एमएमको रियर ड्रम ब्रेक उत्कृष्ट रहेको छ ।

१२५ सीसीको मोटरसाइकलमा पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा गियर सिफ्ट इन्डिकेटर, डिस्ट्यान्स टु इम्पीटी जस्ता फिचर उपलब्ध रहेका छन् ।

साथै, मोटरसाइकलमा यूएसबी चार्जर, नेभिगेसन, म्युजिक सिस्टम, नटिफिकेसन कन्ट्रोल, टीभीएस स्मार्ट कनेक्ट, एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट जस्ता उत्कृष्ट फिचर उपलब्ध रहेका छन् ।


Back_to_top