फक्सवागेन आइडी ७ को टिजर सार्वजनिक

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्सवागेनले आइडी ७ को टिजर भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले यो ईभी आधिकारिक रुपमा सार्वजनिक हुनुपूर्व यसको टिजर भिडियो अनलाइन मार्फत लन्च गरेको हो ।

टिजरमा यो ईभीको क्याबिनमा हुने फिचरबारे देखाइएको छ । गाडीको डोर कार्डबाट सुरू भएको भिडियोमा ड्यासबोर्डमा एम्बिएन्ट लाइटनिङ हुने बताइएको छ ।

यसमा हर्मान कार्डन बिल्ट अडियो सिस्टम, स्टेरिङ ह्विलको पछाडि गियर सेलेक्टर पाउन सकिन्छ । यो गियर सिफ्टर फक्सवागेनले आफ्नो आइडी ४ मा पनि प्रयोग गरेको छ ।

लाइट थिम प्रयोग गरिएको आइडी ७ मा फराकिलो इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यसबाट ब्याट्रीको चार्ज, सिट भेन्टिलेसन÷हिटिङ, नेभिगेसन लगायत हेर्ने सकिन्छ ।

यो ईभीमा अन्य फिचरहरू सनरुफ कन्ट्रोल, एसओएस बटन, एसेलेरेटर, प्ले र पज बटन सहितको ब्रेक पेडल लगायत समावेश गरिएको छ ।

पछिल्ला दिनहरूमा कम्पनीले विभिन्न बडी स्टाइल सेग्मेन्टमा विद्युतीय कार सार्वजनिक गर्ने लक्ष्य रहेको बताएको हो । यसमध्ये, आइडी ७ एक ईभी रहेको छ ।


Back_to_top