सेग्मेन्ट फस्ट यो फिचर आउन सक्छ नयाँ हुन्डाई सेन्ट्रोमा

हुन्डाईले नयाँ सेन्ट्रो (एएच२–कोडनेम) आगामी महिनाको २३ तारिख अर्थात् अक्टोवर २३ को दिन सार्वजनिक गर्ने बताई सकेको छ ।

संभवत कम्पनीले आज यस गाडीको नाम के राख्ने भन्ने विषयलाई टुङ्गाउने छ । हुन्डाईले अगस्त १६ बाट यसको नामाकरण अभियान संचालन गरिरहेको छ । अहिलेसम्मको भोटको आधारमा ३० प्रतिशत भन्दा बढी सहभागिले सेन्ट्रो नै नाम राख्न सुझाव दिएका छन् । 

नेपाली बजारमा सार्वधिक रुचाईएको कार मध्यको एक सेन्ट्रोको अझै क्रेज निकै राम्रो रहेको मानिएको छ । 

बिभिन्न मिडिया रिपोर्टकानुसार नयाँ सेन्ट्रो टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम रहेको कुरा बाहिर आएको छ । जसमा ५ इन्चको टचस्कृन दिइएको अनुमान गरिएको छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने छ । यदि यो कारमा इन्फोटेन्टमेन्ट सिस्टम आउने हो भने यो सेग्मेन्ट फस्ट फिचर बन्ने छ । 


Back_to_top