काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण आज हुँदैछ । अहिले दिउँसो १ वजे काठमाडौंको नक्शालबाट सुरु भएर नुवाकोट साततले दरवार परिसरमा पुगेर बट्टार बजारमा साँझ विशेष कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुने भएको हो । र्यालीमा ५० वटा कार र १०० जनाको सहभागिता रहने छ ।
मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।
उक्त र्यालीको ‘इन एशोसिएशन विथ’ लक्ष्मी हुन्डाई र बीवाइडी रहेका छन् । काठमाडौंको नक्सालबाट सुरूहुने र्याली टोखा, शिवपुरी, छहरे,ऐतिहासिक नुवाकोट दरबार हुँदै बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । र्याली शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ । यसको समापन भने शनिवार गरिने छ ।
र्यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोबल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स, आईएमई जस्ता ब्राण्ड छन् । र्यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने, वेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूब आयल र इन्टरनेट पाटनर डिशहोम फाइबर नेट रहेकाे छ ।

