यस्तो छ ३२० किलोमिटरको रफ्तारमा गुड्न सक्ने फेरारी पोर्टफिनोको विशेषता

इटालीयन कम्पनी फेरारीले आकर्षक लुक्स तथा तिब्र गतिमा गुड्ने कार निर्माण गर्दै आएको छ । यसैबिच कम्पनीले बहुप्रतिक्षित कार पोर्टफिनोलाई भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । 

कम्पनीले सेप्टेम्बर २८ मा पोर्टफिनो लन्च गर्ने जानकारी दिएको छ । भारतीय बजारमा यसको मुल्य तीन करोड रुपैयाँ हुने हनुमान लगाइएको छ । 

यसमा ३.९ लिटर टर्बाेचार्ज्ड इन्जिनको प्रयोग गरिएको छ । यसले ५९२ बिएचपी पावरका साथै ७६० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनलाई सन् २०१६ र २०१७ मा अन्तर्राष्ट्रिय इन्जिन अफ द इयर घोषित गरिएको थियो  । 

यसको टपस्पिड क्षमता ३२० किलोमिटर प्रतिघन्टा रहेको छ भने, ० देखि १०० किलोमिटर रफ्तार पकड्न मात्रै ३.५ सेकेन्ड लगाउने छ । कारमा अगाडि सेन्ट्रल ग्रिल र स्लीक शार्प एलइडी हेडल्याम्स लगाइएको छ । यसको केबिनमा १०.२ इन्चको इन्फोनेन्टमेन्ट सिस्टम लगाइएको छ । 


Back_to_top