काठमाडौं । केटीएम मोटरसाइकल ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउने भएको छ । केटीएम इन्डियाले ३९० एड्भेन्चर मोटरसाइकलको भी भेरिएन्ट ल्याउँने भएको हो ।
केहि समय अगाडी केटीएमले ३९० को सस्तो भेरिएन्ट एक्स सार्बजनिक गरेको थियो ।
यहि हफ्ताको सोमबारदेखि केटीएम एक्सको विक्रि सुरु गरेसंगै केटिएमले नयाँ भेरिएन्ट आउने जानकारि दिएको हो ।
कम्पनीले हाइट कम भएका राइडरहरुकोलागि मध्यनजर गरि यो मोटरसाइकल निर्माण गरेको बताएको छ ।
हाइट कम भएका राइडरहरुका लागि पँहुचयोग्य बनाउने लक्ष्यले केटीएम एड्भेन्चर भी मोटरसाइकलमा सिट हाइट कम गरिएको छ । अन्य फिचरहरुभने पुरानै एड्भेन्चरमा भए अनुसारको हुने अनुमान छ ।
भी भेरिएन्टमा १४२ एमएम फ्रन्ट सस्पेन्सन र १५० एमएम रियर सस्पेन्सन पाउन सकिन्छ भने यसकै स्ट्यान्डर भेरिएन्टमा भने १७० एमएम रियर र १७२ एमएम फ्रन्टमा पाउन सकिन्छ ।
मोटरसाइकलमा ट्युबलेस टायरको साथै अलाेय ह्वील हुने अनुमान गरिएको छ ।

