काठमाडौं । क्रसफायर ट्रेकरको नयाँ अपडेटेड भर्सन नेपालमा विक्री सुरु भएको छ । कम्पनीले परिमार्जन सहितको क्रसफायर ट्रेकर २५० को विक्री सुरु गरेको हो ।
क्रसफायरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले नयाँ ट्रेकर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ट्रेकरमा पुरानो इन्जिनलाई नै ट्यूनिङ गरेर ल्याइएको छ भने यसले मोटरसाइकलको पर्फमेन्समा निकै सुधार ल्याएको छ । इन्जिनका साथै यो मोटरसाइकलमा नयाँ ग्राफिक्सको प्रयोग गरिएको कारण पुरानो मोडलको तुलनामा अझै आकर्षक देखिएको कम्पनीको भनाई छ ।
नयाँ ग्राफिक्समा आएको क्रसफायर ट्रेकर २५० को मूल्य ४ लाख १० हजार रुपैयाँ नै तोकिएको छ । कम्पनीले यसलाई पुरानै मूल्यमा उपलब्ध गराएको जनाएको छ ।
कस्रफायर ट्रेकर मा २२३ सीसी सिंगल सिलिन्डर फोर स्ट्रोक एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा अधिकत २० हर्सपावर जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

