काठमाडौं । इकोविट इलेक्ट्रीक स्कुटर ३७ हजार नगद छुटमा किन्न सकिने भएको छ । ग्लोवल सेभेनले ल्याएको स्कीममा इकोविट आर ३ मा नगद छुटको स्कीम ल्याएको हो ।
कम्पनीले नगद छुटका साथै निःशुल्क हेल्मेट, एक वर्षको रोड ट्याक्स र एक वर्षको इन्स्योरेन्स निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
यूजीबेस्ट आर ३ मा ४ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ६० भोल्ट ४० एएच क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।
आर ३ प्रोमा भने डबल ब्याट्री अप्सन रहेको छ । आर ३ प्रो लाई एक पटक फुलचार्ज गरेर २०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
आर ३ प्रोमा फास्ट चार्जिङ सुविधासमेत रहेको कम्पनीले जनाएको छ भने यसलाई १ घण्टामा फुलचार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
एकदमै स्पोर्टी डिजाइन भएको यो इलेक्ट्रीक स्कुटको दुवैतर्फ डिस्क ब्रेक उपलब्ध रहेको छ । त्यस्तै यसमा फुल डिजिटल डिस्प्ले, किलेस स्टार्ट, एलईडी लाइट्स जस्ता फिचर उपलब्ध रहको छ ।
कम्पनीका अनुसार आर ३ को मूल्य ३ लाख ८० हजार रुपैयाँ र आर ३ प्रोको मूल्य ५ लाख ३० हजार रुपैयाँ रहेको छ ।

