काठमाडौं । सिट्रोन सीथ्री कम्प्याक्ट क्रसओभर सेग्मेन्टमा विक्री सुरु भएको छ । भारतमा विक्री सुरु भएको करिब १ वर्षपछि सिट्रोन सीथ्रीको नेपालमा विक्री सुरु भएको हो ।
साँग्रिला मोटर्सले विक्री सुरु गरेको सीथ्री एक क्रसओभर मोडल हो । यसलाई मासिक ३२ हजार ३१८ रुपैयाँ किस्ता तिर्नेगरी ग्राहकले खरिद गर्न सक्नेछन् ।
अहिले बजारमा औषत १३/१४ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिन्छ । यदि १४ प्रतिशत ब्याजदर तिर्नेगरी कर्जा लिएर सीथ्रीको लिभ भेरियन्ट किन्दा ७ वर्षसम्म मासिक रुपमा ३२ हजार ३१८ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
ब्यक्तिले इन्टरनल कम्बस्चन इन्जिन युक्त गाडी किन्दा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ । त्यसको लागि १७ लाख २४ हजार ५०० रुपैयाँ आफुले तिर्नु पर्छ भने त्यतिनै रकम कर्जा लिन सकिन्छ ।
सम्पूर्ण मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
कम्पनीले सिट्रोन सीथ्रीको लिभ र फिल मोडल नेपालमा विक्री सुरु गरेको छ । लिभको तुलनामा फिल मोडलको मूल्य २ लाख रुपैयाँ धेरै कायम भएको छ ।

अहिले कम्पनीले नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै सीथ्री नेपाल ल्याएको छ । भारतमा भने टर्बो इन्जिनमा पनि सीथ्री उपलब्ध रहेको छ । सिट्रोन सीथ्रीमा रहेको १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिनले अधिकतम ८२ पीएस पावर र ११५ एनएम टर्क प्रदान गर्छ ।
निकै सुन्दर देखिएको क्रसओभर सीथ्रीमा स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील यसमा पाउन सकिन्छ ।
सीथ्रीको क्याविनमा १० इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध छन् ।


