रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य

काठमाडौं । रेनो इन्डियाले आफ्नो सब फोर मिटर एसयूभी काइगरमा फिचरहरु थप गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२३ मोडलको रुपमा काइगरमा फिचर थप गरेर ल्याएको हो ।

फिचर थप भएसँगै यसको मूल्य पनि पहिलेको तुलनामा ९१ हजार भारतीय रुपैयाँसम्मले कम भएर आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रेनोले नयाँ प्रदुषण मापदण्ड बीएस ६ फेज टु अनुसारको इन्जिनमा काइगरलाई अपग्रेड गरेको छ ।

यसरी अपग्रेड भएर आएको काइगरको आरएक्सटी (अप्सनल)मा भने धेरै परिवर्तन पाउन सकिन्छ । यसको एक्सटेरियरमा कम्पनीले नयाँ एलइडी हेडल्याम्प सेटअप र नयाँ अलोय ह्वील दिएको छ ।

साथै, रेनोले काइगरको नयाँ सबै भेरियन्टमा इएससी, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मोनीटर जस्ता फिचर दिइएको छ । कम्पनीले आरएक्सटी (अप्सनल) भेरियन्टमा १६ इन्चको अलोय ह्वील, ८.० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एलइडी टेलल्याम्प थप गरेर ल्याएको हो ।

रेनो काइगरमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन पाउन सकिन्छ । नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ७२ पीएस पावर प्रदान गर्छ भने टर्बो इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।

दुबै इन्जिनमा कम्पनीले स्टायडर्ड भेरियन्टको रुपमा आरएक्सई, आरएक्सटी, आरएक्सटी (अप्सनल) र आरएक्सजेड भेरियन्ट उपलब्ध गराएको छ ।

एड्भान्स अटोमोवाइलले नेपाली बजारमा रेनोका उत्पादन विक्री वितरण गर्दै आएको छ । कम्पनीले रेनो काइगरको मूल्य ३० लाखदेखि ४३ लाखसम्म कायम गरेर विक्री गर्दै आएको छ ।


Back_to_top