टेल्जी नेपालको १० औं शोरुम पोखरामा

पोखरा । टेल्जीको नयाँ शोरुमा पर्यटकीय सहर पोखरामा संचालनमा आएको छ । योम मा ई मोटर्सले टेल्जी विद्यूतीय स्कुटरको पोखराको लागि माँ मैत्री ट्रेडर्सलार्ई डिलरमा नियुक्त गरेको हो ।

माँ मैत्री ट्रेडर्सले पोखरा महेन्द्रपुल ९ मा टेल्जीको नयाँ सोरुम संचालनमा ल्याएको हो ।
कम्पनीको यो १० औं शोरुम हो ।

उक्त सोरुमले टेल्जीका विद्युतिय स्कुटर विक्री गर्नुका साथै विक्री पछिको सेवा समेत उपलब्ध गराउने छ ।

उक्त शोरुम उद्धघाटन कार्यक्रममा बोल्दै योम मा ई मोटर्सका निर्देशक संञ्जिव शिल्पकारले भने, ‘टेल्जीका विद्यूतीय स्कुटरहरु विश्वस्तरीयका साथसाथै विश्वशनिय विद्युतीय दुईपाँग्रे ब्रान्ड हो । टेल्जीले यूनाइटेड नेशनको इन्भाइरोमेन्ट ई मोविलिटी पार्टनको रुपमा रुहेर काम गर्दै आएको छ भने टेल्जीको नाममा धेरै विश्व किर्तिमानहरु रहेका छन् । काठमाडौं, बुटवल, नेपालका पूर्वि शहरुहरु लगायतका धेरै शहरहरुका ग्राहकहरुको मायाले हामी नेपालमा नै सार्वधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएका छौ भने, पोखरा जस्तो सफा र सुन्दर सहरमा हाम्रो शोरुम संचालनमा ल्याउन पाँउदा हामी अत्यन्तै हर्षित भएका छौं ।’

लकडाउन जस्तो विषम परिस्थितीमा टेल्जीलाई नेपाल भित्र्र्याएर छोटो समयमा नै सर्बाधिक विक्री हुने ब्रान्ड मध्य एक रहेको बताउँदै उनले भने, ‘हामीले आज स्कुटर बेच्ने र नाफा कमाउने मात्र नभइर हाम्रा स्कुटर किन्ने ग्राहकलाई हाम्रो परिवार झै ब्यवहार गरेर विक्री पछिको सेवाका कुनै कमि हुन दिने छैनौ र पोखरा वासी सम्पूर्ण महानुभावहरुलाई निर्धक्क भएर टेल्जी स्कुटर किन्न अनुरोध गर्दछु ।’

त्यस्तै उक्त कार्यक्रममा बोल्दै माँ मैत्री ट्रेडर्सका संचालक हिरा कोइरालाले, ‘काठमाडौं लगायतका धेरै शहरहरुमा परिक्षण भइसकेको ब्रान्ड टेल्जीको पोखरको डिलरको रुपमा काम गर्ने अवसर पाउँदा हामी खुसी भएका छौ । अवको यूग भनेको इलेक्ट्रीक सवारी साधनको यूग भएको कारण र पोखरालाई सधै सफा राख्नका लागि पनि पोखरेलि भएको नाताले पनि केही योगदान गर्ने हिसाबले नै टेल्जीका स्कुटर पोखरा भित्र्र्याएका छौं ।’

टेल्जीका स्कुटर मर्मत खर्च नलाग्ने तथा २० पैसाभन्दा कम खर्चमा प्रतिकिलोमिटर संचलान गर्ने सकिने बताउँदै कोइरालाले भने, ‘हामीले पार्टस् तथा सर्भिसको लागि सबै तयारी पुरा गरेर शोरुम संचालनमा ल्याएका छौ र पोखरालाई ग्रिन शहरको रुपमा अझै टेवा पुर्याउन तयार रहेका छौं । ’

नयाँ शोरुम संचालनको अवसरका कम्पनीले नगद १८ हजार छुटको साथै १५ हजार बराबरको उपहार स्कीम समेत ल्याएको छ । कम्पनीले हरेक टेल्जी स्कुटरको खरिदमा ग्राहलाई हेलमेट, वाइफाइ स्मार्ट प्लग, पिलियन ब्याकरेस्ट, १ वर्षको रोड ट्याक्स तथा एक वर्षको फूल इन्स्योरेन्स उपलब्ध गराउने जनाएको छ ।


Back_to_top