५ हजार यूरो पर्ने इलेक्ट्रीक डबल स्पोर्टस् मोटरसाइकल सार्वजनिक

काठमाडौं । चिनियाँ इलेक्ट्रीक डर्टबाइक उत्पादक कम्पनी साओफेनको फ्ल्यागसिप मोडल ‘एफ८०’ यूकेमा सार्वजनिक भएको छ । कम्पनीले ब्याट्री कुलिङसहितको डबल स्पोर्टस् मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले यो इलेक्ट्रीक मोटरसाइकलको यूकेमा विक्रीसमेत सुरु गरेको हो ।

यो मोटरसाइकल अन र अफ रोड दुवैमा सहजै यात्रा गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो नयाँ मोडलमा प्रयोग भएको ब्याट्री कुलिङ टेक्नोलोजीका कारण यसको टेम्परेचर स्वतः ५० प्रतिशतले कम हुने बताइएको छ । यो सुविधाले ब्याट्रीको चार्जिङ अवधिलाई पनि कम गर्ने कम्पनीको दाबी छ ।

यो इलेक्ट्रीक मोटरसाइकल कम्पनीले दुवै भर्सनमा उपलब्ध गराएको छ । जसअन्तर्गत, रोड–गोइङ र अफ–रोड भर्सन रहेका छन् ।

यो इलेक्ट्रीक मोटरसाइकलले क्रमशः १४९ किलोमिटर र ९९ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यसको पिक पावर आउटपुट ८ किलोवाट वा १०.७ हर्सपावर र ३१० एनएम टर्क उत्पादन गर्छ । यो मोटरसाइकलको टप स्पीड ९१ किलोमिटर प्रति घण्टा रहेको छ ।

अन्य सुविधाहरूमा यो मोटरसाइकलको फ्रन्टमा १९ इन्च स्पोक ह्वील, एड्भेन्चर भर्सनका लागि १८ इन्चको रियर ह्वील, अफ रोड भर्सनका लागि १६ इन्चको ह्वील दिइएको छ ।

उपलब्ध दुई भर्सनमा नै कम्पनीले डिस्क ब्रेक, एलईडी लाइट, डिजिटल ड्यासबोर्ड र एडजस्ट गर्न मिल्ने सस्पेन्सन समावेश गरेको छ ।

यो मोटरसाइकलको सुरुवाती मूल्य ५ हजार ४९५ यूरो रहेको छ । यो मूल्य नेपाली रुपैयाँमा ८ लाख हाराहारी हुन आउँछ ।


Back_to_top