प्रिमियम मोटरसाइकल ल्याउँदै हिरो मोटोकर्प

काठमाडौं । हिरो मोटोकर्पले सन् २०२३ मा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निरन्जन गुप्ताका अनुसार हिरो मोटोकर्पले यो वर्ष धेरै मोडल ल्याउन लागेको हो ।

कम्पनीले विभिन्न सेग्मेन्टमा यो वर्ष धेरैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने योजना बनाएको हो ।

एक कार्यक्रममा बोल्दै गुप्ताले भने, ‘हिरो मोटोकर्पको इतिहाँसमा नदेखिएको लन्चहरु यो वर्ष गर्नेछ र यो कुनै आश्चर्यको कुरा हुने छैन् । कम्पनीले लामो समयदेखि विभिन्न मोडलहरुमा काम गर्दै आएको छ’, गुप्ताले भने ।

कम्पनीको पहिलो मोडलको रुपमा हिरो हार्लेको सहकार्यमा तयार भएको पहिलो मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही दिन अघि मात्रै हिरो-हार्लेको पहिलो मोटरसाइकलको तस्बीर बाहिर आएको थियो ।

त्यस्तै कम्पनीले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ भने हिरो एक्ट्रीम २०० एसको ४ भी भर्सन ल्याउने भएको छ । त्यस्तै कम्पनीले करिज्मालाई पुन बजारमा ल्याउने चर्चा चल्दै आएको छ ।

हिरोको बहुप्रतिक्षित डबल पर्पस मोटरसाइकल एक्सपल्स ४०० एड्भेन्चर टूरर तथा यसैको फियर्ड भर्सनसमेत यही आवमा ल्याउने अनुमान गरिएको छ ।


Back_to_top