होजोन अटोले मलेसियामा सुरू गर्‍यो नेटाको बिक्री

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी होजोन अटोले मलेसियामा नेटा ब्राण्डको कार बिक्री सुरू गरेको छ । कम्पनीले हालै मलेसियामा आयोजित अटोशोमा सहभागिता जनाउँदै आफ्नो ईभी बिक्री सुरू गरेको हो ।

योसँगै नेटा मलेसियन बजारमा प्रवेश गर्ने पहिलो चिनियाँ स्टार्टअप ईभी ब्राण्ड समेत भएको छ । कम्पनीले आफ्नो पहिलो प्रडक्टको रूपमा नेटाभीलाई मलेशियन बजारमा बिक्री सुरू गरेको हो ।

मलेसियन बजारमा बिक्री सुरू भएसँगै कम्पनीले राइटह्याण्ड ड्राइभ सिस्टम भएका आसियन मुलुकहरूमा आफ्नो फोकस रहेको थप पुष्टी गरेको छ । कम्पनीले आसियान देशहरूमा बिक्री गर्दै युरोपियन बजारलाई समेत एक्प्लोर गरिरहेको जनाएको छ ।

होजोनले सन् २०२२ बाटै ग्लोबल एक्सपान्सन गर्न सुरू गरेको हो । अहिले कम्पनीले राइटह्याण्ड ड्राइभ देशका लागि पहिलो अन्तर्राष्ट्रिय प्रोडक्सन प्लान्ट समेत थाइल्याण्डमा बनाइरहेको छ । होजोनले हालै मात्र युरोपियन बिजनेश यूनिट समेत स्थापना गरेको छ ।

सन् २०२२ मा १ लाख ५० हजारभन्दा धेरै यूनिट बिक्री गरेको होजोनले यो वर्ष वार्षिक ३ लाख यूनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

नेटा ब्राण्डका ईभीहरू नेपाल, थाइल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा धेरैवटा मिडलइस्ट देशकहरूमा बिक्री हुँदै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारका लागि नेटाभी र नेटायूको भर्सनहरू विकास गरेको छ ।


Back_to_top