नारायणगढमा ‘एन्टर्क ओनर्स ग्रुप’को दोस्रो च्याप्टर राइड सम्पन्न

काठमाडौं । टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ ।

गत वैशाख ३० गते शनिबार आयोजना भएको यस राइड टीभीएसको नारायणगढ शोरूम ( मालश्री मोटर्स नारायणघाट) बाट शुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो ।

सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।


Back_to_top