तीन हप्तापछि आउँदै होन्डाको नयाँ एसयूभी

काठमाडौं । जापानी कार निर्माता होन्डाले नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘एलिभेट’ नामक दिएर नयाँ एसयूभी आगामी जुन ६ तारिखमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले होन्डा एलिभेटको टिजर सार्वजनिक गर्दै नयाँ मोडल तयार रहेको जानकारी दिएको हो । उक्त टिजरमा गाडी आकर्षक डिजाइनमा तयार भएको देख्न सकिन्छ । होन्डाले एलिभेटलाई सिटी सेडानको प्लेटफर्ममा बनाएको कारण आकर्षक देख्न सकिन्छ ।

होन्डाले एलिभेटमा क्रोमको व्यापक प्रयोग गरेको छ । स्लीम हेडल्याम्प, कालो कलरको अलोय ह्वील, स्पोर्टी बम्पर दिएको छ । यसको साइजको विषयमा पूर्ण जानकारी आएको छैन । तर, यसको लम्बाई ४२०० देखि ४३०० एमएम रहने अनुमान गर्न सकिन्छ ।

आधुनिक डिजाइनमा तयार भएको एलिभेटमा बडी कलर ओआरभीएम, शार्क फिन एन्टेना, स्पोइलर, बाक्लो साइड कल्याडिङ दिएको टिजरमा देख्न सकिन्छ । यसको इन्टेरियर नदेखाएपनि ३६० डिग्री क्यामेरा, पार्किङ सेन्सर, सिङ्गल प्यान इलेक्ट्रीक शनरुफ यसमा पाउन सकिनेछ ।

वायरलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटो, फराकिलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, ६ वटासम्म एयरब्याग, एडिएस फिचर पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

होन्डा एलिभेटमा १.५ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन रहने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम १२० ब्रेक हर्सपावर र १४५ एनएम टर्क उत्पादन गर्छ । यसलाई ६ स्पीड म्यानुअल र सिभिटी गियरबक्स अप्सनमा पाउन सकिन्छ ।


Back_to_top