काठमाडौं । संसारको सबैभन्दा धेरै दुई पाङ्ग्रे साधन उत्पादक हिरोले आफ्नो सफल मोडल एक्सपल्स २०० फोर भीको नयाँ भर्सन ल्याउने भएको छ ।
हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भीलाई बीएस ६ फेज–टू मापदण्डको इन्जिन दिएर थप नयाँ फिचरसहित ल्याउन लागेको हो । कम्पनीले यसको निर्माण सुरु गसिकेको अनुमान गरिएको छ ।
कम्पनीले मुख्यतय अफरोड राइडरहरुका लागि मध्यनजर गरी फुल अफरोड भर्सनमा नयाँ एक्सपल्स २०० डिजाइन गरी निर्माणमा जुटेको बताइन्छ ।
नयाँ एक्सपल्स २०० फोर भीमा एलइडी हेडलाइट, एलइडी डिआरएल, नयाँ डिजाइनमा एच आकार दिइएको गोलाकार हेडल्याम्प, नयाँ वीन्ड भाइजर र स्पोर्टी डिजाइनले गर्दा निकै आकर्षक देखिने कम्पनीले जनाएको छ ।
कम्पनीले एक्सपल्स २०० लाई अहिलेभन्दा धेरै कलर सहित नयाँ ब्रेकिङ सिस्टम, म्यानुअल कन्ट्रोलर सहितको ड्यूल च्यानल एबीएस दिएको छ । साथै, यसमा अफरोड, अनरोड र र्यालीगरी तीन ड्राइभिङ मोड समेत समाबेस गरिएको छ ।
हिरो एक्सपल्स २०० फोर भी नेपालमा निकै सफल मोडल हो । एनजीएम हिरोले बीएस ६ इनिजनमा यसलाई ल्याएर बिक्री बितरण गरेको थियो । अहिले पनि यसलाई किन्न चाहने थुप्रै ग्राहक छन् । यस्तोमा अहिलेको तुलनामा थोरै मूल्य बढेर आउँदा पनि एक्सपल्स नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ ।

