काठमाडौं । लामो समय चिनियाँ एसयूभी बजारमा शिर्षस्थानमा रहको हाभललाई बीवाइडीले दोस्रो स्थानमा धकेलिदिएपछि ग्रेटवाल मोटर्सले प्लगइन हाइब्रिड सेग्मेन्टमा दुई नयाँ मोडल लन्च गरेको छ । कम्पनीले हाभल ब्राण्डका साउलङ र साउलङ म्याक्स गरी दुई वटा प्लगइन हाइब्रिड कार सार्वजनिक गरेको हो ।
यही हप्ताको सोमबारबाट चिनमा बिक्री सुरु भएको यी दुई प्लगइन हाइब्रिड एसयूभीलाई ५.५ लिटर पेट्रोलबाट १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।
ग्रेटवाल मोटर्सको स्वामित्वमा रहेको हाभलले सन् २०३० बाट इन्टरनल कम्बस्चन इन्जिन भएका सवारीसाधनको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेसँगै हाइब्रिड एसयूभी लन्च गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा ‘बी-०७’ नामले चिनिने यो एसयूभी अहिले बजारमा उपलब्ध हाभल एच-६ मोडलको नयाँ जेनेरेशन भर्सन जस्तो देखिन्छ । हाभलले यसमा एच-६ भन्दा ६२ एमएम लामो ह्वीलवेस दिएको छ । कम्पनीले साउलङलाई इभीहरुमा देखिने जस्तै सिंगल कलर क्लोज ग्रिल दिएर तयार पारेको छ । तर, साउलङ म्याक्सको क्लोज ग्रिलमा केहि प्याटर्न दिएको छ ।
साउलङ म्याक्समा नयाँ डिजाइनको अंग्रेजी अंक सेभेन सेपको सार्प हेडलाइट दिएको छ । यसले गाडीको ‘फ्रन्ट भिजुअल इम्प्याक स्ट्रङ’ देखाएको छ । साइडमा दिएको कालो कलरको रुफर्याक, ह्वील आइब्रो तथा साइडको स्कर्टसले यसलाई अझै स्पोर्टी देखाएको छ । साउलोङको दुबै मोडलमा रुफ स्पोइलर तथा हाई माउण्टेड ब्रेक लाइट दिएको छ ।
यस्तो छ साउलङ
साउलङको इन्टेरियरमा फुलव्ल्याकको भाइभ्स देख्न सकिन्छ । यसमा १२.३ इन्चको एलसीडी इन्टु्मेन्ट प्यानल र १४.६ इन्चको सेन्ट्रल कन्ट्रोल स्कृनले दिइएको छ । थ्रीस्पोक स्टेरिङ ह्वीलले एसयूभीको इन्टेरियरलाई मोर्डन देखाएको छ ।
साउलङको लम्बाई ४६०० एमएम चौडाई १८७७ एमएम तथा उचाई १६७५ एमएम छ । यसमा २७१० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
हाभलको साउलोङमा १.५ लिटरको पेट्रोल तथा ९.४१ किलोवाट आवरको ब्याट्री प्याक र ८५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटर दिइएको छ । यसको कम्बाइन म्याक्सीमम् पावर २४८ हर्सपावर तथा ३७५ न्यूटन मिटर टर्क रहने छ । यसलाई एनइडीसीले फुल इलेक्ट्रीक मोडमा सिंगल चार्जमा ५२ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । तीन भेरियन्टमा लन्च भएको साउलङको सुरुवाति मूल्य २० हजार डलर रहेको छ ।
यस्तो छ साउलङ म्याक्स
साउलङ म्याक्समा भने डिउल कलरको इन्टेरियर तथा ट्रिपल स्कृन रहेको छ । यसमा १२.३ इन्चकै एलसीडी इन्टु्मेन्ट प्यानल, १२.३ इन्चको सेन्टर कन्ट्रोल स्कृन तथा १२.३ इन्चको नयाँ कोपाइलट इन्टरटेन्मेट स्कृन समेत रहेको छ । यसको इन्फोर्टेन्मेन्ट सिस्टम क्वालकमको स्न्यापड्रायगन ८१५५ चिपको वेसमा छ ।
त्यस्तैै, साउलङ म्याक्सको लम्बाई ४७८५ एमएम, चौडाई १८९५ एमएम, उचाई १७२५ एमएम तथा २८०० एमएमको ह्वीलवेस रहेको छ । कम्पनीले साउलङ म्याक्समा १९.९४ किलोवाट आवरको एनसीएम ब्याट्री दिएको छ ।
एचआईफोर इलेक्ट्रीक हाइब्रिड फोर ह्वील ड्राइभ सिस्टममा आएको एसयूभीमा ११३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ । यसले कम्बाइन पावर आउटपूट २७९ हर्सपावर तथा ५८५ न्यूटन मिटर प्रदान गर्छ । यसको ब्याट्रीलाई सिंगल चार्ज गर्दा इलेक्ट्रीक मोडमा १०५ किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ ।
कम्पनीले साउलङ म्याक्सलाई पनि ३ भेरियन्टमै लन्च गरेको छ । म्याक्सको चाइनामा सुरुवाती मूल्य करिब २३ हजार डलर रहेको छ ।