काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापन आयातकर्ताले नै गर्नु पर्ने विषय बजेट मार्फत बोलेको छ । त्यसलाई बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएको जनाएको छ ।
कम्पनीले नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्दै आएको बताउँदै समाज र राष्ट्र प्रति सधैँ उत्तरदायी भएर काम गर्ने जनाएको छ । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्न आफुहरु प्रतिबद्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विद्युतीय साधनको सबैभन्दा चुनौति पूर्ण मानिएको ब्याट्री ब्यवस्थापना गर्न साइमेक्स निरन्तर लागि रहेको बताउँदै,
सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित ब्यवस्थापनको कयौं तरिका रहेको कम्पनीले उल्ल्ेख गरेको छ ।
कम्पनीका अनुसार पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा आफुहरु सम्पूर्ण तयारी गरेर बसेको जनाइएको छ । हामी हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौं । साथै, प्रतिवद्धता ब्यक्त गर्दछौं, कम्पनीले भनेको छ ।
सरकारले ल्याएको आर्थिक बिद्येयकमा सवारीसाधन पैठारी सम्बन्धी विशेष व्यवस्थामा विद्युतीय सवारी तथा ढुवानी साधन पैठारी गर्ने वा त्यस्तो साधनमा प्रयोग हुने ब्याट्रीको पैठारीकर्ताले आफुले पैठारी गरेको साधनमा प्रयोग भएको वा आफुले बिक्री गरेको ब्याट्री क्रेताबाट फिर्ता लिने तथा त्यस्तो ब्याट्रीको ब्यवस्थापनसँग सम्बन्धित उपयुक्त योजना वर्षको एक पटक भन्सार कार्यालयमा पेशगरी सम्बन्धित पैठारीकर्ताको वेभसाइटमा समेत राख्नु पर्नेछ भनिएको छ ।
यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने हाम्रो विश्वास छ । त्यसैले हामी बीवाइडीका सम्पूर्ण ग्राहकलाई ढुक्क भएर हाम्रा उत्पादनको प्रयोग गर्न आग्रह गर्दछौं ।


