भारतमा होन्डा डिओ र ग्राजियाको बिक्री सून्य

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर होन्डा डिओ र ग्राजियाको भारतमा बिक्री सून्य भएको छ । कम्पनीले अप्रिल महिनाको बिक्रीमा यी दुई मोडलको तथ्यांक समावेस छैन ।

कम्पनीले यी दुई स्कुटरको बिक्री नहुको पछाडि कुनै कारण भने बाहिर ल्याएको छैन । कम्पनीले अप्रिल २०२३ मा ३ लाख ३८ हजार २९० यूनिट स्कुटर र मोटरसाइकल बिक्री गरेको अवस्थामा डिओ र ग्राजियाको बिक्री शून्य हुनुलाई सबैले अचम्म मानेका छन् ।

होन्डाले अहिले भारतमा सर्वाधिक बिक्री गर्दै आएको मोडल मुख्यगरी साइन, एक्टीभा, सीबी ३५० सिरिज छन् । यसरी दुई चर्चित मोडलको बिक्री सुन्य हुँदा यसको अपग्रेड वा उत्पादन नै बन्द हुन लागेको हो कि भन्नेसम्मको चर्चा भइरहेको छ ।

तर, विभिन्न रिपोर्टका अनुसार दुबै मोडल नयाँ प्रदुषण मापदण्डको बीएस ६ फेज टूमा अनुसार आउने अनुमान गरिएको छ । भारतमा बीएस ६ फेज टू अप्रिल २०२३ बा अनिवार्य भएको हो ।

होन्डा ग्राजिया तथा डिओ नेपालमा निकै सफल स्कुटरमा पर्छन् । स्याकार ट्रेडिङले बिक्री गर्दै आएको यी दुबै मोडल आफ्नो सेग्मेन्टका लिडर हुन् ।

निकै आक्रमक बजार बिस्तारमा लागेको होन्डा इन्डियाले दुई वर्ष भित्र ५ नयाँ मोडल बजारमा ल्याउँदै छ । कम्पनीले केही दिन अघि मात्रै साइन १०० भारतमा बिक्री सुरु गरेको थियो ।

होन्डाले सार्वजनिक गरेको योजना अनुसार दुई इलेक्ट्रीक स्कुटर र तीन नयाँ मोटरसाइकल बजारमा ल्याउने छ । जसमा १६० सीसीको नेकेड मोटरसाइकल र सीएल ३०० स्क्रयाम्वलर जस्ता मोडल हुनेछन् ।


Back_to_top