‘क्लासिक ३५०’ नयाँ भर्सनको बिक्री सुरू, मूल्य झन्डै डेढ लाख घट्यो

काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल क्लासिक ३५० को नयाँ भर्सन र स्क्रायाम-४११ को नेपाली बजार बिक्री सुरू भएको छ । नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्सले रोयल नेपाल आजदेखि दुवै मोटरसाइकलको बिक्री सुरू गरेको हो ।

भारतीय बजारमा सन् २०२२ को पहिलो क्वाटरमा नै बिक्री सुरु भएको यो नयाँ मोटरसाइकल एक वर्षपछि नेपाल आएको हो ।

कम्पनीले स्क्रयाम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ र क्लासिक ३५० नयाँ भसर्नको मूल्य ४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले क्लासीक ३५० काे मूल्य ६ लाख ४० हजार रूपैयाँ ताेकेर विक्री गर्दै आएकाे थियाे ।

क्लासिक ३५० मा ३४९ सीसी क्षमताको अएफआई इन्जिन रहेको छ । यो इन्जिनले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसको दुवैतर्फ डिस्क ब्रेक पाउन सकिन्छ भने यसमा एबीएस फिचरसमेत उपलब्ध छ ।

कम्पनीले स्क्रायाम–४११ लाई एड्भेन्चर र क्रुजको फ्युजनको रूपमा बजारमा ल्याएको छ । यसमा ४११ सीसी क्षमताको सिंगल सिलिण्डर, एसओएचसी इन्जिनको प्रयोग भएको छ ।

उक्त इन्जिनले अधिकतम २४.३ बीएच पावर र ३२ एनएम टर्क प्रदान गर्छ । प्रतिलिटर ३८ किलोमिटर माइलेज दिने दाबी गरिएको यो मोटरसाइकलको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले नेपालमा नै एसेम्बल यूनिट संचालन गर्ने तयारी समेत गरिरहेको छ । कम्पनीले वार्षिक २० हजार यूनिट मोटरसाइकल एसेम्बल गर्ने लक्ष्य राखेको छ ।


Back_to_top