भाडाका सवारी भोलिदेखि खुल्ने, पेट्रोलियम पदार्थको समस्या हट्ने

काठमाडौं । सवारी साधननै रोकेर आन्दोलनको नेतृत्व गरेको नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र जिल्ला प्रशासन कार्यालयबीच सहमति भएको छ। उक्त सहमति पछि शुक्रबारदेखि भाडाका सवारी चल्नेछ।

जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा आन्दोलनरत चालकसँग भएको वार्तामा सहमति जुटेको हो। 

यो सहमतिपछि आज रातीदेखिनै भाडाका सवारी साधन चल्नेछन् । आजबाट काठमाडौंमा देखिएको पेट्रोलियम पदार्थको वितरण समस्या कम हुने सरोकारवालाले जनाएका छन् । 


Back_to_top