भारतीय विमान कम्पनी जेट एयरवेज फेरि अर्को समस्यामा फसेको छ । गत महिना तलब समयमा नपाएको भन्दै १०० जना पाइलटले राजीनामा दिएको खवर सेलाउन नपाउदै विहिवारको मुम्बाइबाट जयपूरको फ्लाईटको क्रममा क्याप्टेनले जहाजको व्रिडको सूइज अन गर्न भूलेपछि क्याविन प्रेसराइज्ड नभएकोले जहाजलाई पुनः डाइभर्ट गररे मुम्बइमै ल्यान्डिङ गराइएको छ ।
मुम्बाइका प्रसान्त शर्माले मुम्बई जयपूरको विहिवार विहानको फ्लाइट चढ्नु पहिले आफुले जहाज चढ्नु यतिको भयावह हुन्छ भन्ने कहिल्यै नसोचेको बताए । ‘जहाजमा बच्चाहरुको रुवावासी र चिच्चाहटले माहोल कोलाहल भएको थियो । धेरै सहयात्रीको नाक र कानबाट रगत बगिरहेको थियो’ शर्माले मिडियासँग कुरा गर्दै भने ।
जहाज उडेको केहि समयमै अचानक जहाजको सीट माथिबाट अक्सीजन मास्क झरेको र पाइलटले पुनः जहाज मुम्बइमै फर्कदैछ भन्ने अनाउन्स गरे, जसले सबै यात्रुमा आतंक फैलिएको थियो । अझ पाइलटले के कारणले जहाज फर्कन लागेको हो भन्ने बारेमा केहि अनाउन्स नगरेकोले जहाज भित्रको अवस्था निकै डरलाग्दो थियो ।
डाइरेक्टर जनरल अफ सिभील एभिएसनका एक अधिकारीले जनाए अनु्सार जेट एयरवेजको बोइङ ७३७ जहाज, फ्लाइट नम्बर नाइन डब्लु ६९७को मुम्बाइ जयपुरको उडान उडेको केहि समयमा क्याविनको प्रेसर घट्नगई मुम्बाइनै फाकाईएको जनाएका छन् ।
क्याविनमा प्रेसर नहुनुको कारण भने पाइलटहरुको गल्ती रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । क्याविनको प्रेसर कन्ट्रोलमा राख्नेकार्य जहाज उडाउन पूर्व गरिने चेक लिस्टमा हुने गर्छ । जेट एयरवेजले ति पाइलटहरुलाई नियमित उडान तालिकाबाट हटाएको छ र उनिहरु माथि अनुसन्धान सुरु भएको जनाएको छ ।
उक्त उडानमा १६६ जना यात्रु रहेका थिए, जसमध्ये ३० जनाको नाकबाट रगत बगेको थियो भने केहिको कानबाट रगत आएको र टाउको दुखेको जनाइएको छ । सबै यात्रीको एयरपोर्टमै डक्टरले परिक्षण गरेका थिए भने, १० जना यात्रुलाई थप उपचारको लागि हस्पिटल लगिएको थियो ।
क्यावीन अनप्रेसराइज्ड भयो भने के हुन्छ ?
जहाज उढ्नु ठिक अघि हुने प्री फ्लाईट सेफ्टी अनाउन्समेन्टमा हामी सबैले सुनेका हुन्छौ ‘उडानको दौरान यदि क्यावीनमा अचानक प्रेसर घटेमा माथिबाट अक्सिजन मास्क झर्ने छ । शो मास्कलाई आफ्नो नाक मुखमा लगाउनु होला ।’
यसरी मास्कझार्नूको कारण प्यासेन्जरहरुलाई अक्सिजनको कमिबाट हुने खतराबाट बचाउनु हो । तीस हजार फिटको उचाईमा क्याविनको प्रेसर अचानक हराएमा प्यासेन्जरहरुसँग मात्र १८ सेकेन्डको समय हुन्छ ।
के हो क्यावीन प्रेसर ?
क्याविन प्रेसरको सहयोगलेनै हामी ३० हजार फिटको उचाइमा होसमा रहन सक्छौ । उडानमा रहेको बेलामा जहाज एक आल्मुनियमको प्रेसर क्याप्सुल जस्तै हो । जहाजको क्याविनमा इन्जिनले प्रेसराइज्ड गराइरहेको हुन्छ ।
टर्बो फ्यान इन्जिनको पछाडि रहेको रोटरहरुले हावालाई कम्प्रेस गरेको हुन्छ । हावालाई प्रत्येक चरणमा तातो बनाएर धेरै च्यानलको माध्यमा पठाइन्छ । यस्तो हावालाई व्रिड एयर भनिन्छ र त्यसलाई क्याविनमा पठाइ रहिएको हुन्छ ।
टेक्नीकल रुपमा हेर्दा
ब्रिड एयरलाई क्याविन भित्र भएको हावासँग मिसाएर पठाइन्छ, जसलेगर्दा पेसेन्जरलाई उपयुक्त तापक्रमको महसुस हुने गर्छ । ब्रिड एयर भल्वलाई खुल्ला वा बन्द गरेर क्याविन भित्रै प्रेसर मेन्टेनमा राखिएको हुन्छ । यो प्रक्रियाले क्याविन भित्रको प्रेसरलाई ७ हजार फिट माथि भएको जस्तै राखिरहेको हुन्छ जवकी जहाज ३० हजार फिटको उचाईमा उडिरहेको हुन्छ ।
टेकअफ र ल्याण्डिङ्गको समयमा कान बन्द हुनु
जमिनमा भएको बेलामा जहाज अन प्रेसराइन्ड हुन्छ, जुनबेला आउटफ्लो भल्ब पूरा खोलिएको हुन्छ । टेकअफको बेलामा पाइलटहरुले व्रिड सुइज अन गर्छन् । त्यसले आउटफ्लो भल्व बन्द हुन्छ र क्याविन प्रेसराइज्ड हुन्छ ।
प्रायः एयरलायन्सहरुलाई ३० हजार फिटको उचाइमा पूग्न २० मिनेटको समय लाग्छ । यो अवधिमा प्रेसराइजेसन सिस्टमले क्याविनलाई ७ हजार फिटको जस्तै महसुस गराउँछ । यद्यपी कान प्रायः बन्द हुन्छ तर पनि यसको असर भने सामान्य रहन्छ किनकी जहाजले प्रतिमिनेट ३५० फिटको उचाइ चढिरहेको हुन्छ ।

